१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । खेलकूद जगतमा गत विहिबार नेपाली क्रिकेटका लागि अविस्मरणीय क्षण रह्यो । हजारौं नेपाली दर्शकको बीचमा नेपालले आफूलाई अब्बल सावित गर्दै विश्वक कप क्रिकेट छनोटमा स्थान बनाउन महत्वपूर्ण खेल संयुक्त अरव ईमिरेट (युएई) लाई पराजित गर्नु पर्ने दबाबमा नेपाल थियो ।

Advertisement

नेपाली क्रिकेट टोलीलाई हौसला प्रदान गर्न मैदानमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हात मिलाउँदै ईतिहास रच्ने कसम त थियो नै त्योभन्दा बढी खेल सुरु हुनुभन्दा २ घण्टा अघिनै मैदानमा प्रवेश गरेका तथा मैदान बाहिर जोखिम मोलेर घरको छत तथा रुखमासमेत चन्द्र सूर्य अंकित नेपालको झण्डा फहराउँदै झुम्मिएका दर्शकको भरोसालाई पनि कायम राख्नु पर्ने थियो । गर या मरको स्थितीमा रहेका नेपाली क्रिकेटरहरुले दर्शकको त्यो भरोसालाई कायम राख्दै आईसीसी विश्वकप लिग–२ को विहिबार सम्पन्न ३६ औं तथा अन्तिम खेलमा जित दर्ता गर्न सफल रहे ।

उक्त जिका लागि महत्वपूर्ण योगदान गर्ने मध्येयका खेलाडी थिए रुपन्देहीको तिलोत्तमाबाट उदाएका युवा खेलाडी कुशल भुर्तेल । उनीसँगै अन्य ३ जनाले ब्याटिङ लायनमा पूरा गरेको अर्धसतकनै जितको आधार बन्न सक्यो । उनले ओडिआई करियरमा योसँगै ५ औं अर्धसतक प्रहार गरेका हुन् । यसै बीच नेपाली क्रिकेट टिमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलाई तिलोत्तमा नगरपालिकाले ५० हजार सहित सम्मान गर्ने भएको छ । विहिबार युएई विरुद्धको खेलमा ५० रन बनाएका भुर्तेललाई नगरपालिकाले ५० हजार नगद सहित सम्मान गर्ने भएको हो ।
उनी तिलोत्तमा ९ निवासी दिपक भुर्तेलका छोरा हुन । भुर्तेलले विहिबार युएई सँगको एकदिवसीय प्रतियोगितामा ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका थिए ।

उनले लिग अन्तरगत ओमानमा भएको सिरिजमा ६७ बलमा सिहिलो अर्धशतक पूरा गर्दै आफूलाई अब्बल क्रिकेटरको रुपमा सावित गर्न सफल भएको थिए । उक्त खेलमा उनले २ चौका र १ छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमै अर्धशतक दर्ता गराएका थिए ।
तिलोत्तमा मणिग्रामका कुशल बुवा दीपक र आमा दुर्गाका दोस्रो सन्तान हुन् । उनका एक दिदी र एक बहिनी छन् । कुशल स्कूलदेखि नै खेलकुदप्रेमी थिए । स्कूलमा हरेक खेलमा रुचि राख्थे । खेलकुदमा हुरुक्क हुने कुशलको बानी थियो । फुटबल बढी मन पराउने उनी बुवाकै जोड बलमा क्रिकेटतर्फ लागे ।

बुवा दीपक त्यति बेला दक्षिण कोरियामा बस्थे । जब उनी सन् २०११ मा नेपाल फर्किए, एक दिन उनले छोराले क्रिकेट खेलेको देखे । तब उनलाई लाग्यो की छोरा क्रिकेटमा राम्रो गर्न सक्छ अनि उनले क्रिकेट नै रोज्न छोरालाई आग्रह गरे । त्यसपछि कुशल गाउँ ठाउँमा हुने प्रतियोगितामा नियमित सहभागी हुन थाले । खासमा बुवा दीपक पनि आफ्नो समयका क्रिकेट खेलाडी थिए । नउका बुवाले पूर्वकप्तान राजु खड्कासँगै क्रिकेट खेलेका थिए ।

आफूले पनि युवा समयमा क्रिकेट खेलेका कारण हुन सक्छ छोरालाई मैदानमा उत्रिन बुवा दिपकको हौसला सधै रहन्थ्यो । एक दिन यस्तो समय आयो, जब धनगढीमा नेपाल प्रिमियर लीग एनपीएल र कुशलको ११ कक्षाको परीक्षा एकै समयमा पर्यो । त्यस समय कुशलका बेवाले उनलाई भने ‘परीक्षा भनेको आउँदै गर्छ, तिमी एनपीएल खेल ।’ बुवा दीपक क्रिकेट मोह छोराका लागि र आफ्नो क्षेत्रको लागि भएको बताउँछन् ।
सन् २०१२ मा कुशल नेपालको यू १६ टोलीमा समावेश भए । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो पाइला थियो । सोह्र वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेपछि उनी मलेशियामा हुने एसीसी यू १६ का लागि छानिएका थिए । तर कुवेत विरुद्धको एक खेलपछि उनी अभ्यासको क्रममा घाइते भएर नेपाल फर्किनुपर्यो । चोटको फाइदा के भयो भने उनले आरामसँग एसएलसी परीक्षा दिन समय पाए ।

उनले क्रिकेटमा झन् मेहनत गर्न थाले । फलस्वरूप तीन वर्षपछि उनी यू १९ राष्ट्रिय टोलीमा पर्न सफल भए । त्यो सन् २०१५ मा मलेशियामा भएको यू १९ विश्वकप छनोट प्रतियोगिता थियो । त्यसबाट टोली विश्वकपका लागि छनोट भए । तर उनले प्रतियोगिताभरि एउटा खेल पनि खेल्ने अवसर पाएनन् । बेन्चमै बसेर मलेशियाबाट फर्किनु पर्यो ।

सन् २०१६ बाङ्ग्लादेशमा भएको यू १९ विश्वकपमा भने कुशलले न्युजिल्याण्ड विरुद्ध अविजित ३५ रनको पारी खेले । त्यो बेला कुशल ७÷८ नम्बरमा ब्याटिङ गर्थे । उक्त सिजनमा नेपाल क्वार्टर फाइनलमा बाङ्ग्लादेशसँग हारेर फर्किनु पर्यो । १६ वर्ष र १९ वर्षको राष्ट्रिय टोलीमा परेका खेलाडीको राष्ट्रिय टिमबाट खेल्नु स्वाभाविक सपना त हुने नै भयो । तर राष्ट्रिय टोलीमा प्रवेश पाउनु सहज विषय पनि थिएन । एक त नियमित घरेलु प्रतियोगिता थिएन भने राष्ट्रिय टिममा नपरेका खेलाडीका लागि त्यतिकै पनि अवसर निकै कम हुन्थ्यो ।

कुशलको हकमा राम्रो के भइदियो भने यु १६ राष्ट्रिय टोलीमा परेपछि नै उनले नेपाल पुलिस क्लबमा खेल्ने मौका पाए । यसबीचमा उनले फ्रेञ्चाइज क्रिकेटमा आफूलाई व्यस्त बनाए । उनले एभरेस्ट प्रिमियर लीग इपीएल ललितपुरबाट, पोखरा प्रिमियर लीग पोखराबाट र धनगढी प्रिमियर लीग डीपीएल विराटनगरबाट खेले । पीपीएल खेल्दा कप्तान शरद भेषावकरले उनलाई प्रारम्भिक ब्याट्सम्यानको रूपमा अगाडि ल्याएका हुन् । यसबीच राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा उनलाई हरेक पटक बोलाइन्थ्यो। तर अन्तिम छनोटमा उनको नाम हुँदैनथ्यो ।

सन् २०१९ को इमर्जिङ कपमा उनी बल्ल टिममा परे । तर राम्रो प्रदर्शन हुन सकेन । सोही साल नेपालमै भएको १३ औँ दक्षिण एशियाली खेलकुदमा पनि टिममा परे । तर एक खेल पनि खेल्ने मौका पाएनन् । बुवाकै हौसलामा क्रिकेटबाट पछि नहटेका उनले जब मलेशिया, नेदरल्याण्ड्ससँग त्रिकोणात्मक शृङ्खलाका् आयोजना भयो, उनका लागि त्यही समय बनेर आइदियो । राष्ट्रिय टोलीको डेब्यु प्रतियोगितामा लगातार तीन खेलमा अर्धशतकको कीर्तिमान बनाएर उनले नेपाली क्रिकेट जगत्मा आफूलाई मुख्य दाबेदारको रुपमा प्रस्तुत गर्न सके । त्यसपछि नेपाली राष्ट्रिय टोलीको खोजीको रूपमा रहेको प्रारम्भिक ब्याट्सम्यानको निर्विकल्प दाबेदारको रूपमा आफूलाई उनले उभ्याएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा