१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । बुटवलको अस्पताल लाइनमा अवस्थित मेडिटेक अस्पताललाई यस क्षेत्रकै सुविधा सम्पन्न अस्पतालका रुपमा लिने गरिन्छ । यस अस्पतालमा उपचार गराउनका लागि रुपन्देहीसँगै बाहिरी जिल्लाका विरामी समेत आउने गर्छन् ।

Advertisement

सुविधा सम्पन्न अस्पतालको परिचय बनाएको अस्पतालले सामान्य व्यवस्थापनमा समेत कञ्जुस्याई गरेको पाइएको छ । अस्पतालको लिफ्ट बिग्रिएको लामो सयम हुँदा पनि अहिलेसम्म मर्मत गरेको छैन । अस्पतालले एक दिनकै बेड शुल्क बापत १ हजारदेखि ५ हजारसम्म शुल्क लिने गर्छ ।

७ तलाको भवनमा रहेको अस्पतालको लिफ्ट मर्मत नहुँदा अपेशन गरेका विरामीहरुले पाउनुसम्मको दुःख पाएका छन् । अस्पतालको अपरेशन थ्रेटर ४ औँ तलामा रहेको छ । अपरेशन गर्ने विरामीलाई अपेशन कक्षसम्म लैजान र अपरेशन कक्षबाट बेडसम्म सिढीबाट लैजानु पर्छ ।
जसका कारणले अपरेशन गरेका विरामीहरु लिफ्ट नभएर हिँड्दा अपरेशनको टाँका फुक्ने जोखिम हुँदा विरामीलाई धेरै दिनसम्म अस्पतालमा राख्नु परेको विरामीका आफन्तहरुले गुनासो गर्छन् ।

रुपन्देहीको देवदह नगरपालिका-७ का कमल पाण्डेले आफ्नी ४२ वर्षीया श्रीमति गिता घिमिरेलाई अन्य अस्पताल भन्दा मेडिटेक अस्पताल राम्रो र सुविधा सम्पन्न भएको भन्दै मृगौलामा भएको पत्थरीको अपरेशनका लागि त्यहाँ लगे । तर, अस्पतालको सेवा सुविधा बाहिर भन्ने जस्तो राम्रो र सुविधा सम्पन्न नभएको उनले बताउँछन्।

‘डाक्टरहरुले अपरेशन त राम्रोसँग गर्नुभयो । तर, अस्पतालको व्यवस्थापन भने अस्तव्यस्त हुँदा हामीहरुले पाउनुसम्मको दुःख पायौं ।’ उनले भने ‘अस्पतालमा लिफ्ट नहुँदा अपरेशन गरेको विरामीलाई सिँढीबाट तल माथि गराउँदा टाँका फुक्ने जोखिम हुन्छ । लिफ्ट भएको भए विरामीलाई तल माथि गराउन धेरै सहज हुने थियो नि ।’ श्रीमति गितालाई डिस्चार्ज गरेर तल झार्ने क्रममा आफूले पाउनुसम्मको दुःख पाएको गुनासो गर्छन् । औधषी बाहेक मात्रै ६० हजार १५० शुल्क बुझाएको पाण्डेले बताए ।

यस्तै रुपन्देहीको सियारी गाउँपालिका–६ की स्वरस्वती भट्टराई पनि दुर्घटनामा परेका आफ्ना ५७ वर्षीय श्रीमान् विष्णुप्रसाद भट्टराईको उपचारका लागि मेडिकेट अस्पताल लगिन् । खुट्टाको अपरेशन सफल भए पनि अपरेशनपछि बेडमा लग्दा धेरै समस्या भएको बताइन् । ‘अस्पताल अन्य भन्दा धेरै महङ्गो पनि छ । यति ठूलो अस्पतालले किन यति सामान्य कुरामा पनि कञ्जुस्याई गरेको होला ?, बिरामीबाट शुल्क लिएपछि त सुविधा पनि दिनु पर्यो नि त ।’– उनले भनिन् ।

यस्तो समस्या भोगेको गुनासो गर्ने यी त प्रतिनिधिमूलक पात्र मात्रै हुन् । यहाँ उपचार गराउन गएका सबै विरामीका आफ्न्तहरुका गुनासो उस्तै छन् । अस्पतालमा वरिष्ठ डाक्टरहरुले सेवा दिने भएता पनि अस्पतालले सानो तिनो व्यवस्थापनमा समेत लापरवाही गर्दा महङ्गो सेवा शुल्क तिरेका विरामी र विरामीका आफ्न्तहरुले दुःख पाएका छन् ।

यता अस्पतालका एमडी गणेश ज्ञवालीले सम्झौता अनुसार लिफ्टको मर्मत घर धनिले गरिदिनु पर्ने भए पनि लामो समयदेखि लिफ्टको मर्मत गर्नका लागि घर धनिले अटेर गर्दा समस्या भएको बताउँछन् । आफूहरुले कि लिफ्ट मर्मत गरिदिन वा हटाउन भने पनि घर धनिले नमान्दा समस्या भएको अस्पतालका एमडी ज्ञावालीले बताए ।

‘घर मालिकलाई फोन गरेर पनि भनेको छु । घर बेटिको सम्पत्ति त्यसलाई फाल्दिन नि भएन् । झिकेर पनि लग्नु हुँदैन । बनाउन आग्रह गर्दा पनि मरि गए मानु हुँदैन् । घर बेटीलाई भन्दा मैले सुको खर्च गदिर्न भन्नु हुन्छ ।’ उनले भने ‘हटाए विकल्प गर्न हुने थियो । यसका लागि २५/३० लाख लगानी गर्नु पर्छ । लामो समयसम्म बसिरहेको छोड्न पनि सकिएन् ।’

तर, घर धनिले भने आफूले लिफ्ट राखिदिएपछि मर्मत आफैले नै गर्नु पर्ने बताउँछन् । उहाँहरु (अस्पताल) ले लिफ्ट हटाउन भन्नु हुन्छ भने त म भोलि नै हटाइदिने बताए । ‘ लिफ्टको मर्मत त प्रयोग गर्नेले नै पर्यो नि । आफ्नै राख्नु हुन्छ भन्ने त पुरानो लिफ्ट त भोलि नै हटाउइदिन्छु नि । हटाउन पनि तयार भएन् भन्ने कुरामा सत्यता छैन् ।’– उनले भने ।

प्रतिकृया दिनुहोस्

Flash News

‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा