७ आश्विन २०८०, आईतवार

Sep 24, 2023


पुस २३,

Advertisement

ग्लोबल आवाज

बुटवल । ‘आर्थिक विकासका राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित रुपन्देहीको सैनामैनामा भोलीबाट माघ ६ गतेसम्म सञ्चालन हुन लागेको औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । बुधबार सैनामैनमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी पूरा भएको सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्रीले बताएका छन् । स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुलुकहरुमा उत्पादित वस्तु तथा सेवाहरुको वृहत प्रर्दशनी गरी व्यापक प्रचार–प्रसारमा हुने समेत अध्यक्ष क्षेत्रीले बताए ।

मेलामा सेवा क्षेत्रका होटल तथा रेष्टुरेण्ट बाहेकका २ सय बढी स्टलहरु रहने छन् भने ५० प्रतिशत स्टलहरु स्थानीय व्यवसायी, उद्योगि तथा संघसंस्थाहरुको सहभागिता रहने मेला प्रचार प्रसार संयोजक लोकनाथ अधिकारीले जानकारी दिए । मेलामा नगर भित्रका पर्यटकीय क्षेत्रहरु तथा एतिहासिक क्षेत्रहरुको तस्विर प्रदर्शन गरिने छ । पाँच करोड बढी आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको मेला आयोजनाका लागि ५५ लाख बढी खर्च अनुमान गरिएको छ । ५० रुपैयाँ प्रवेश शूल्क राखिएको मेलामा परिचय पत्रका आधारमा विद्यार्थीका ३० रुपैयाँ तथा जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए । मेलामा मूख्य आकर्षणको रुपमा रहेको साँस्कृतिक कार्यक्रमहरुमा मम्मी डान्स प्रतियोगिता, विद्यार्थीहरुबीच साँस्कृतिक नाच प्रतिस्पर्धा, डान्स आइडल, लोक दोहोरी गित प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने अधिकारीले जानकारी गराए ।

खेलकूद प्रतियोगिताहरुमा नगर अन्तर्गतका अन्तर वडा स्तरिय भलिबल प्रतियोगिता, खुल्ला व्याटमिन्टल प्रतियोगिता लगायत रहेका छन् । मेलाको विशेष आकर्षणको रुपमा हात्ति तथा घोडाबाट सवार गर्ने व्यवस्थाका लागि समेत पहलहुँदै गरेको उनले जानकारी गराए । सामाजिक उत्तरदायित्वतर्फ प्रति प्रवेश टिकटबाट एक रुपैयाँ रकम छुट्याएर सामाजिक कार्यमा लगाइने आयोजकले बताएको छ । मेलामा कृषि उत्पादन तथा त्यससँग सम्बन्धित स्टलहरुलाई निःशुल्क राख्न पाउने व्यवस्था गरिएको संघका महासचिव दिपक अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल