ताजा अपडेट »

दाङमा ४ वर्षीया बालिका र २९ वर्षीया युवतीमाथि करणी आरोपमा ३ जना पक्राउ

आइतबार, २८ फागुन २०७९, २३ : २२
8 Shares

दाङ । दाङमा ४ वर्षीया नाबालिका र २९ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गर्ने ३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने घोराही उपमहानगरपालिका १८ बस्ने ३४ वर्षीया बिराज लम्साल रहेका छन् ।

प्रहरीका अनुसार शुक्रबार लम्सालले ४ वर्षीया बालिकालाई ललाइ फकाई गरी पैसा दिन्छु भनी १० रुपैयाँ दिएर जबरजस्ती करणी गरी बालिकालाई बेहोस अवस्थामा छोडी भागेका थिए । पीडित बालिकाका आमाबुवा बंगलाचुली गाउँपालिका ८ स्थित लेबरको काम गर्दै आएको र लम्साल पनि काम गर्न शुक्रबार काममा आएको अवस्थामा जबरजस्ती करणी गरी पीडितलाई बेहोस अवस्थामा छोडी भागी गएको र पीडितको आमाले खोजतलास गर्दै जाने क्रममा ति बालिका बेहोस अवस्थामा रहेको योनीबाट रगत निस्केको तथा ओठ समेत सुन्निएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

फरार रहेका लम्सालको खोजतलास गर्दै जाने क्रममा बंगलाचुली ८ स्थितमा फेला पारी प्रारम्भिक अनुसन्धानको कार्य पूरा गरी जबरजस्ती करणी कसुर शीर्षकमा आइतबार दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई उनीमाथि थप अनुसन्धान कार्य भईरहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले जानकारी दिए ।

यसैगरी घरको आँगनमा सुतिरहेको अवस्थामा श्रीमानलाई कुटपिट गरी २९ वर्षीया एक महिलालाई जबरजस्ती करणी गर्ने घोराही उपमहानगरपालिका १७ बस्ने ३० वर्षीया निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ ।

पीडितका श्रीमानलाई कुटपिट गरी युवतीमाथि सामूहिक रुपमा जबरजस्ती करणी गरेको भन्ने आरोपमा शनिबार निर्मल र मनोजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विगत ३ महिना अगाडि आफ्नो घरदेखि पीडित आफ्नो श्रीमानको खुट्टाको उपचार गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएकी थिइन् । श्रीमानको उपचार गर्दा पैसा सकिएपछि दुबै जना माग्दै खाँदै गर्दा बिहीबार घोराही १७ बेलभार स्थित गजु चौधरीको घर नजिक पुगेका थिए ।

रात परिसकेकोले दुबै श्रीमान श्रीमती चौधरीको घरको आँगनमा सुतिरहेको अवस्थामा निर्मल र मनोज एक्कासि आई पीडितको श्रीमानलाई कुटपिट गरी पीडित करणी  गर्ने मनसायले उक्त स्थानबाट लतार्दै करिब २५ मिटर पर लगेर दुबै जनाले सामूहिक रुपमा जबरजस्ती करणी गरेको भन्ने आरोपमा उनीहरूलाई पक्राउ गरिएको एसपी ओलीको भनाइ छ । उनका अनुसार जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिप्रकाबाट गएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरि उनीहरूमाथि सामूहिक जबरजस्ती करणी अन्तर्गत कसुर मुद्दा दर्ता गरिएको छ । साथै, आइतबार दाङ जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप अनुमति पाएको र उनीहरु थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।