ताजा अपडेट »

पाल्पाको तिनाउमा ७० वर्षीया वृद्धामाथि बलात्कार आरोपमा २२ वर्षीय युवा पक्राउ

शनिबार, २७ फागुन २०७९, ०७ : ५२
32 Shares

बुटवल । पाल्पाको तिनाउमा गाउँपालिका-६ मा ७० वर्षीया वृद्धामाथि बलात्कार आरोपमा २२ वर्षीय युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ-६ करङतुङका बिनोद राना पक्राउ परेका हुन् ।

गएको विहिबार घर नजिकैको मलखादमा लगी करणी गरेको आरोपमा पीडितकी बहिनीले जाहेरी दर्ता गराएकी हुन् ।  पीडित महिला जन्मजात नबोल्ने र कान नसुन्ने तथा मानसिक रुपमा सुस्त भएकी बताइएको छ । घटना बारे खबर प्राप्त भएसँगै प्रहरी चौकी प्रभास र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोली खटीएर आरोपितलाई नियन्त्रणमा लिएको हो । घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।