११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

बुटवल । अष्ट्रलियामा रहेका नेपाली युवाहरुद्वारा संचालित यु एण्ड अस वोस्र्टन अष्ट्रलिया ( वाइयुडब्लुए) नामक संस्थाले २०२३ अप्रिल १२ गतेबाट पर्थ पश्चिम अष्ट्रलिया, जेम्स मिलर ओभल मैदानमा र एनआरएनअको आयोजनामा विभिन्न विधाका खेलकुद प्रतियोगिता संचालन गर्ने भएको छ ।

Advertisement

सन २०२१ म नाफा रहित उदेश्यका साथ अष्ट्रलियामा बसोबास गर्ने नेपाली समुदाय र प्रवासी समुदाय बिच मैत्रीपुर्ण सम्बन्ध का साथै शैक्षिक गतिबिधी, विदेशमा रहेका नेपाली नेपाली बिच सामाजिक सद्धभाव कायम, खेलकुद जर्गेना र समन्वायत्मक सस्कृति को बिकास गर्ने उदेश्य का साथ उक्त संस्था निर्माण भएको भएको थियो । त्यसको प्रेरणा र उर्जाका कारण उक्त कार्यक्रम आयोजना गर्न लागेको उपाध्यक्ष कुल चन्द्र अधिकारीले बताए । नेपालबाट अष्ट्रलिया जाने नब आगुन्तकलाई मार्गदर्शन साथै सहयोग र सहकार्यका लागि आफूहरुले उल्लेखनीय भुमिका निर्वाह गरेको उनले बताए ।

पश्चिम अष्ट्रलियामा संचालन हुने ठुलो धनरासीको उक्त प्रतियोगितामा, नेपाल, भारत, भुटान लगायतका कैयौ खेलप्रेमी र खेलाडी सहभागी हुने कुरा खेल संयोजक वासु सापकोटाले जनाए । उक्त प्रतियोगितामा क्रिकेट तर्फ ११ नेपाली क्लब सहभागी हुनेछन भने भुटानी क्लब पनि सहभागी हुनेछन । फुटवल र भलिबल तर्फ दर्ता गर्ने म्याद अवधि भएकोले उल्लेखनीय टिम सहभागी हुने कुरा प्रष्टाउँदै पर्थ क्षेत्रमा बसोबास रहेका नेपाली लगायत, अन्य छिमेकी मुल समेतका लाई आहवान समेत सापकोटा ले गरेका छन ।

क्रिकेट तर्फको पुरस्कार एक हजार अमेरिकी डलरको हुनेछ भने भलिबल र फुटबल तर्फको पुरस्कार धनरासी २ हजार डलर हुने कुरा समेत उनले बताए । उक्त प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस ले गरेको छ भने सह प्रायोजक डिरसन ड्राईभिङ स्कुल, पार्कल्यान्ड मजदा, गिल्स कलेज, एसके एम फर्निचर लगायत दर्जनौ संस्थाले गरेका छन । सो प्रतियोगिता १ महिना जारी रहनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

माओवादीको निष्कर्ष– देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्यो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध जनताका मुद्दामा ध्यान दिन्छौँ, सडक तताउँदैनौँ : रवि लामिछाने कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन