ताजा अपडेट »

चक्रव्यूमा सत्ता

शुक्रबार, २६ फागुन २०७९, ११ : ४५
36 Shares

संविधानले सार्वभौम, अखंण्ड, स्वतन्त्र, अक्षुण, अभिभाज्य मुलुक व्यख्या गरेता पनि हामि व्यवहारमा सोही अनुरुप सार्वभौम हुन सकेनौँ । वैैदेशिक हस्तक्षेप तीब्र रुपमा बिकास भैरहेका छन । हाम्रा नेता गण लम्पसार परि विदेशीको अगाडी शिर निउराउन तमतयार सदैव देखिरहन छन । त्यही पनि राष्ट्रवादको भजन गुञ्जिन छोड्दैन । हामी नागरिकको राजनीतिक चेतना पनि लगभग शुन्य भन्दा हुन्छ । हामीले यो लामो कालखण्डमा सिकेकै भनेको भोट हाल्न मात्र हो, दलका झण्डा बोक्न बाहेक हामीले खासै केही नविनतम् कुरा सिकेनौँ । चाप्लुसी गर्न सक्यौँ, नेताको वरिपरी हिड्न सिक्यौँ, नेताको गुणगान गाउन मात्र सक्यौँ तर खबरदारी गर्न कहिले सकेनौँ । त्यसैको उपज नेताले हामीलाई भकुण्डोजस्तो खेलाईरहे । हामी उनीहरुकै पाउँमा शरणदत्त भैरहयौ र उनीहरु विदेशीका पाउँमा शरणदत्त भए ।

देशभने सुक्ष्म ढंगले चक्रव्यूमा फसिरहयो । अस्थिरता मौलाईरह्यो, राजनीति कुविचार तर्फ केन्द्रित हुँदै गयो । देश किन बाँचिरहेछ ? हामी हाम्रो मुलुक किन भनिरहेका छौं? आजकल यीनै प्रश्नले गिजाईरहन्छ । हुन त चेतनशिल, देशभक्त वर्गमा देश चिन्तनको भाव झल्किनु स्वभाविक नै हो । सबै पटमूर्ख र बेवीचारी कहाँ हुन्छन र ? देशभक्त नागरिकहरु राज्यद्रारा गरिएका गलत कदम वा बिदेशी चलखेलका बिरुद्ध सदैव तत्परताका साथ प्रश्न गरीरहन्छन् खवरदारी गरिरहन्छन । बिडम्बना सत्ताले ती सकारात्मक प्रश्न माथि दमन गरिरहन्छ, अनि अधिकार, विहिन नागरिकलाई बनाइरहन्छ । अस्थिर गराउँन पल्केका परचक्रेहरु दिल्ली, बेजिङ र ब्रसेल्समा होली वाइन पिउँदै रमिता हेरिरहन्छन ।

निर्वाचन मतपरिणाम पश्चात सत्ता समिकरणको विषयमा गठबन्धनको साझा सहमतिलाई प्रधानमन्त्रीको मुकुण्डो देखाएर पुष १० मा कम्यूनिष्ट घटकको नेतृत्वमा सत्ता समिकरण बनाईदिने खेताला पनि विदेशी नै थिए । होइन भने पुर्व विदेश मामिलाका जानकार एस.डी .मुनीको सुझाव वा विदेश सचिव विनय कोहोत्राको नेपाल भ्रमण कुन उदेश्यसँग मेल खान्छ । लुकिछिपी कति संवाद भए होलान यो अर्को विषय छ । विषय भारतीय प्रतिनिधीसंग मात्र होइन अन्य मुलुककासँग पनि साँठगाँठ भएन भन्ने आधार पनि छैन् ।

यसरी दिल्ली, बेजीङ, ब्रसेल्स सत्तासिन हुनका लागि ज्यूहजुरी गर्ने हाम्रो नेतृत्व नै गलत छ । विदेशीका इशाराम चल्ने भएपछि बिदेशीले दास बनाउँदछन यो के नै नौलो कुरा भयो र ? दास बन्न कसरत गर्ने हाम्रो नेतृत्व नै हुतियाराहरु हुन । देश त हामी सबैको घर हो, घरलाई विदेशीका कोखिलामा धरौटी राखेपछि घाँटी न्याक्ने काम विदेशीले गरिहाल्छन अहिले न्याकिरहेका छन । दुःखबाट प्रताडित त नेपाली जनता हुने हुन । जनताका स्तर पनि फरक फरकका छन । एकथरिका जनता प्रत्येक दलका कार्यकर्ता छन, अर्को तर्फका जनता देशभक्त र इमानदार छन । कार्यकर्तालाई दलको मात्र माया भयो देशको भएन त्यसैको बलमा नेताहरु हुर्किए, इमानदारितालाई बेचबिखन गरे, देशले नियती भोगिरहयो ।

घर अस्थिर भएपछि छिमेकीले हेपिहाल्छन, वल्ला घर पल्ला घरकाले कुराकाट्न थाल्छन, अपरिचितका कानमा समेत अफाहा फैलिन्छ अनि बिस्तारै घर ध्वस्त हुन्छ । अहिले देश पनि त्यही बाटो तर्फ उन्मुख छ । देश खोक्रो हुँदै गइरहेको छ । सम्भावना र स्थिरता नदेखेर युवायुवती वैैदेशिक क्षेत्रमा पलायन भएका छन । विश्व जगतमा मच्चिएको मिनी शित यद्धको प्रभावका कारण आर्थिक अवस्था भताभुङ्ग भैसकेको छ । सरकार महिना दिनमा फेरिन्छन र महिना दिनमा बन्दछन । मन्त्रिपरिषदको अवस्था उस्तै छ । उत्पादन, उद्योग, व्यवसाय ठप्प छन । महङ्गीले जनता भोकभोकै मर्ने अवस्थामा छन । दिनप्रतिदिन बैंक तथा बित्त क्षेत्रको चर्को ब्याजदरका कारण आत्महत्याका घटना बढिरहेका छन । सरकार लाचार छ, राज्य निरही छ ।

हालचालै एउटा मिडियामा प्रकाशित खबर निकै घत लाग्दो छ । हिमाली जिल्ला मुस्ताङमा भारतिय द्रारा बौद्ध विश्वविद्यालय खोल्न प्रस्ताव अघि सारेका छन । सामान्य अर्थमा हेर्दा शैक्षिक क्षेत्र विकासमा विदेशीको सहयोग हुनु वा अन्तराष्ट्रिय बौद्ध विश्वविद्यालय निर्माण हुनु सर्गवित कुरा हो तर खम्पा बिद्रोहले शसंकित पारेको मनाङ मुस्ताङ जिल्लामा चीन, भारत बिचको समन्वायत्मक सांस्कृति विकास नभई एकलौटी ढंगले नेपालले अनुमति दिँदा नेपाल, भारत र चीन विचको छिमेकी सम्बन्धमा दिर्घकालिन असर पर्न सक्ने कुरा पनि उतिकै महत्वपुर्ण छ । कैलाश शभ्यता र लुम्विनी सभ्यतामा उत्तर र दक्षिणको मनोटक्राव सुरु भयो भने हामी अर्को दन्द्धतर्फ उन्मुख हुनेछौँ ।

नेपाली सत्ता संवेदनशिल हुन जरुर छ । यो अस्थिरतालाई छिट्टै रोकथाम गर्न सक्नुपर्छ । आफ्नो मौलिक हुतीमा अडिग रहन सक्नुपर्दछ । विदेशीसँग साँठगाँठ बन्द गर्नुपर्दछ । असंग्लग्नता, निस्त्रीकरण, मानवअधिकार, पञ्चशिलका सिद्धान्तमा कटिबद्ध हुनुपर्दछ। आन्तरिक टक्रावहरुलाई आपसीसमझदारीमा टुङग्याउनु पर्दछ । नेपालको परराष्ट्रनीति र विदेशनीतिलाई परिमार्जित गरी देशलाई असर नपर्ने वातावरण तय गर्नुपर्दछ । कुटनीतिक मर्यादा र राजनीतिक संस्कारलाई जिवन्त राख्न सकेमात्रै देशको स्वाभिमान अक्षुण रहन सक्दछ ।

यी तमाम समस्याको मुल कारण नै अप्राकृतिक रुपमा देशमा विदेशलाई प्रश्य दिनु हो । एन.जि.ओ, आई.एन.जि.ओ लगायतका संंस्थालाई निगरानी गर्ने, कुन उदेश्य र कुन शिर्षकमा संस्था परिचालित भैरहेका छन त्यसको निगरानी गर्ने, अनुगमन गर्ने र अभिलेख तयार गर्नेमा स्थानीय तहदेखि केन्द्रियतहसम्म राज्य चनाखो हुनुपर्दछ । कुटनीतिक मर्यादा विपरित राजदुतावास धाउने प्रपञ्च अन्त्य हुनुपर्दछ । नेपाली जनताका जनजीविकामा नेतृत्व जवाफदेही हुनुपर्दछ । दलियतालाई प्रश्य होइन देशलाई प्रश्य दिनुपर्दछ । देश रह्यो भने न हामी नेपाली रहौलाँ नत्र हामी तिब्बत र सिक्किम जस्तै इतिहासका पानामा मात्र सिमित हुने छौँ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।