१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

गुल्मी। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड बिरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालिन मुद्धा दायर गरिएको प्रति आपत्ती जनाउँदै सो पार्टीको युवा संगठन वाईसियल नेपाल गुल्मीले बिहिवार जिल्ला प्रशासन मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाएको छ ।

Advertisement

सो संगठनका गुल्मी जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य नारायण चन्द र जिल्ला संयोजक अशोक श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अध्यक्ष प्रचण्ड बिरुद्ध जनयुद्धकालिन मुद्धा दायर गर्नु षडयन्त्र भएको र वाईसियल नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ‘शान्ति प्रकृयाको बाँकी कामको निरुपण गर्न, द्धन्द्धककालिन घटनाबाट पीडित नागरिक एवं उनका परिवारलाई न्याय दिन आवश्यक विद्येयक निर्माण गरी सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी संक्रमणकालिन न्यायका बारेमा मुलुकमा उठेका महत्वपुर्ण बिषयहरुका निरुपण गर्न शान्ति प्रकृयाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना र मर्म अनुसार तार्किक निष्कर्ष पु¥याउन नेपाल सरकारसंग जोडदार माग गर्दछौं’–विज्ञप्तीमा भनिएको छ ।

वाईसियल गुल्मीले विभिन्न ५ बु्ँदे माग समेत गरेको छ । उसले जनयु्द्ध, जनआन्दोलन मधेश आन्दोलन लगायको ब्यवस्था परिवर्तनका आन्दोलनहरुमा ज्यान गुमाएका योद्धाहरुलाई राष्ट्रिय शहिद घोषणा गर्न र तीनका परिवारलाई सम्मानित बातवरणमा बाँच्न सक्ने गरी उचित राहत , क्षति पुर्तिको ब्यवस्था गर्न माग गरेको छ । त्यस्तै देश अर्थतन्त्रको संकटमा परेको र साना ठुला ब्यवसायी तथा उद्योगपति धरापमा परी बिस्थापित भईरहेको बेला मिटरब्याजीहरु सल्बलाई रहेकोले उनिहरुको नियन्त्रणका लागि पनि सरकार संग वाईसियले जोडदार माग गरेको छ।

नेपाल सरकारका विभिन्न निकायहरुमा भईरहेको भ्रष्टचार, घु्सखोरी, अनियमित्ता र ढिलासुस्ती रोक्दै सुशासन कायम गर्न समेत सरकारसंग वाईसियल नेपाल गुल्मीले माग गरेकोछ । उक्त ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले उक्त ज्ञापन पत्र नेपाल सरकारमा पठाउने बताएका थिए। ज्ञापनपत्र बुझाउन वाईसियल गुल्मीका जिल्ला ईन्चार्ज चन्द, संयोजक श्रेष्ठ, प्रदेश कमिटी रवि कँडेलसहित जिल्ला कमिटी पदाधिकारी पु्गेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली