ताजा अपडेट »

आफनै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा पक्राउ

बुधबार, १७ फागुन २०७९, ०८ : २६
24 Shares

भक्तपुर । प्रहरीले आफनै डेराकोठामा वस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा वस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।

पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनले फागुन ७ गते बलात्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए । मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी बृत थिमि भक्तपुरमा राखिएको छ  ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।