ताजा अपडेट »

भाटभटेनीको २४ औं स्टोर मधेश प्रदेशको विरगञ्जमा, चैत्र ९ गतेदेखि सञ्चालनमा आउने

बुधबार, १७ फागुन २०७९, ०८ : ०६
22 Shares

बिरगञ्ज । नेपालकै ठूलो चेन सुपर मार्केट भाटभटेनीको सुपरमार्केट अब मधेश प्रदेशमा पनि सञ्चालनमा आउने भएको छ। भाटभटेनीको २४ औं स्टोरको रुपमा मधेश प्रदेशको बिरगञ्ज शहरमामा शुभारम्भ हुँदैछ । स्टोरको आगामी चैत्र ९ गते औपचारिक समुद्घाटन हुने भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले जानकारी दिए ।

देशभर स्टोर विस्तार अभियानमा रहेको भाटभटेनीले यस अगाडि २३ वटा स्टोर सञ्चालनमा ल्याइसकेको छ । यो स्टोर मधेश प्रदेशमा पहिलो स्टोर हो । नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको सेवा विस्तार गरिएको सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताए । यसै क्रममा देशको प्रमुख औद्योगिक शहर बिरगञ्जबाट पनि सेवा प्रदान गर्ने लक्ष्यका साथ २४ औं स्टोर स्थापना गरिएको र शुभारम्भका लागि तयारी भइरहेको उनले बताए । यस स्टोरमा २ अर्ब ५० करोड बढीको लागत रहेने तथा करिब २५० जना स्थानीयले रोजगार प्राप्त गर्ने गुरुङले बताए ।

‘स्वदेशमै सहज र शुलभ मूल्यमा अन्तराष्ट्रिय स्तरको सपिङ सेवा उपलब्ध गराउनुका साथै धेरै युवाहरुलाई स्वरोजगार बनाउने हाम्रो प्रयास हो । यो स्टोर भाटभटेनीको २४ औं स्टोर हो । देशको मुख्य औद्योगिक शहर तथा मधेश प्रदेशको सबैभन्दा ठूलो शहर बिरगञ्जबाट हाम्रो सेवा सुरु गर्न पाउँदा खुशी लागेको छ ।’–उनले भने, ‘यस स्टोको शुभारम्भले यस क्षेत्रका जनतालाई सपिङको सहजता र यहाँको बजार थप चलायमान हुनेमा हामी विश्वस्त छौं । साथै यहाँका स्थनियबाट पनि अन्य स्टोरहरुमामा जस्तै माया र सद्रभाव एवम् साथ सहयोगको अपेक्षा लिएका छौं ।’

भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको उनले दावी गरे । ‘हामीले अन्तराष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन । स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं । स्थानीय किसान,उद्यमी,व्यवसायी,उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं ।

बिरगञ्ज महानगर–१४ गण्डक, बहुअरिमा २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा स्टोर निर्माण सम्पन्न हुन लागेको स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको तथा अण्डरग्राउण्ड बेसमेन्ट पार्किङसहित ७ तल्लाको भवन रहेको छ । यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले सबै ठूलो रहेको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए ।

स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेलाउनाका सामान, लत्ताकपडा, जुत्ता, टिभि, फ्रीज, वासिङमेसिन लगाएत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजारकै मूल्यमा उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराईको भनाई छ । फुडकोर्ट सहितको पूर्ण वातानुकुलीत एवम् आकर्षक सजावट सहित एकै स्थानमा अन्तराष्ट्रिय स्तरको सपिङगर्दा यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत हुने उनि बताउछन । हामीले यस स्टोरको संचालनबाट यँहाका स्थानीयहरुले मात्र नभई छिमेकी मुलुक भारतका सिमावर्ति शहरका आम सर्वसाधारण समेत लाभान्वित हुने विश्वास लिएका छौं ।’–उनले भने ।

यस स्टोरमा अन्तराष्ट्रिय स्तरको पेपे पिज्जा, मल्टिप्लेक्स सिनेमा हल, वर्ल्ड क्लास ब्राण्डेड लुगाहरु लगाएतका सुविधाहरु पनि रहने उनले बताए । व्यवस्थापक भट्टराइले स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत छुटसँगै फ्रि होमडेलिभरी सुविधा रहेको जानकारी गराए ।

भाटभटेनी सुदुरपश्चिमको धनगढीमा, २३औं स्टोर शुभारम्भ हुँदै

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।