ताजा अपडेट »

पाल्पामा अपाङ्गता भएकी महिलामाथि करणी आरोपमा एक युवा पक्राउ

आइतबार, १४ फागुन २०७९, १२ : ०८
54 Shares

बुटवल । पाल्पाको रामपुरमा अपाङ्गता भएकी एक महिलामाथि जबरजस्ती करणीको आरोपमा एक युवा पक्राउ परेका छन् । रामपुर नगरपालिका-१० मगरे बस्ने ३६ वर्षीय मेघ बहादुर सारु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार यही फागुन १२ गते रातको करिब साढे ११ बजेको समयमा ४६ वर्षीया महिला घरको कोठामै सुतिरहेको समयमा करणी गरेको उजुरी परेपछि आरोपितलाई पक्राउ गरिएको हो ।  आरोपित बारे आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।