ताजा अपडेट »

सन्दीप लामिछाने खेलका लागि भोली यूएई जान नपाउने, यस्तो अवस्थामा जान पाउने छन् यूएई

शुक्रबार, १२ फागुन २०७९, १७ : ४९
20 Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा रहेर भोलि यूएइ भ्रमणमा जान नपाउने भएका छन् । सन्दीपले विदेश भ्रमणको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै दिएको निवेदनमा आज अदालतले निर्णय नलिएपछि सो सम्भावना टरेको हो ।

सन्दीपले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइको क्रममा सरकारी पक्ष र सन्दीप दुवैको पुनरावेदनको निवेदन अग्राधिकारसहित एकै ठाउँमा राखेर आइतबार सुनुवाइ गर्ने आदेश भएको हो । युएईमा नेपाल, यूएई र पपुवा न्यूगिनीबीचको त्रिकोणात्मक श्रृंखला सोमबार सुरु हुँदैछ । यसैलाई ध्यानमा राखेर सन्दीपको पुनरावेदनलाई अग्राधिकार दिइएको अदालत स्रोतले बताएको छ । आइतबारको सुनवाईले सन्दीपको प्रतिवन्ध फुकुवा गरे उनी यूएईमा हुने श्रृंखलामा भाग लिन भ्याउन सक्छन् । नेपालको राष्ट्रिय टिम भने भोलि नै यूएई प्रस्थान गर्दैछ ।

उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टीममा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् । यता सरकारी वकिल पक्षले पाटन उच्च अदालतको धरौटीमा छाड्ने आदेशविरुद्ध दर्ता गरेको पुनरावेदनको आजको सुनुवाइ भने हेर्न नभ्याइनेमा परेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।