१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–१० शितलापुरमा ६४ वर्षीय वृद्धको हत्या आरोपमा छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । शितलापुर बस्ने मगरे पासी बुधबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटना शंकास्पद देखेपछि प्रहरीले अनुसन्धानका लागि छोरा र बुहारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक कपिलजंग शाहीको कमान्डमा घटनास्थल पुगेको प्रहरी टोलीले मृतकको छोरा ३० वर्षीय मग्निराम पासी र २६ वर्षीय बुहारी मिमा पासीलाई नियन्त्रणमा लिएको हो । छोरा र बुहारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा छोराले नै बुबाको हत्या गरेको प्रारम्भिक जानकारी हुन आएको प्रहरी निरीक्षक शाहीले ग्लोबल आवाजलाई बताए । मँगलबार विहान ११ बजे पसलबाट घरमा खाना खान गएको समयमा छोराले आफ्नै श्रीमतीसँग बुवा (मृतक मगरे)लाई नग्न अवस्थामा देखेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा बयान प्राप्त भएको प्रहरीले जनाएको छ ।

श्रीमतिलाई नग्न अबस्थामा देखे पश्चात बाबुको हत्या गरेको र सोही दिन (मँगलबार) राती ११ बजे डोरीमा बांधी झुण्ड्याएको भनि आरोपितले बयान दिएका छन् । घटनाको अर्को दिन बुधबार बिहान ८ बजे मात्र प्रहरीलाई सूचना प्राप्त भएको प्रहरी निरीक्षक शाहीले बताए । मृतक मगरे पासीको शरिरमा चोट समेत देखिएको छ । घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप