ताजा अपडेट »

पाल्पाको सिद्धबाबा मन्दिरमा प्रधानन्यायाधिश कार्कीले गरे दर्शन

बुधबार, १० फागुन २०७९, १३ : ३३
4 Shares

बुटवल । सर्वाेच्च अदालतका कायम मुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले बुधबार विहान पाल्पाको सिद्धबाबा मन्दिरको दर्शन गरेका छन् । कार्की विहानै मन्दिर दर्शनमा पुगेपछि मूलद्वारा स्वस्थी बाचन तथा पूजा गराइएको सिद्धबाबा मन्दिर विकास समितिले जनाएको छ ।

मन्दिर बिकास समितिले प्रधानन्यायाधिश कार्कीलाई स्वागतसहित मन्दिर दर्शन गराई मायाको चिनो प्रदान गरेको थियो । मन्दिर बिकास मितिका अध्यक्ष सन्तोष कुमार शेरचन, मूल पुरोहित नारायण प्रसाद घिमिरे, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लाल बहादुर थापा तथा समितिका अन्य पधादिकारिले स्वागत गरेका थिए । दर्शनपछि सिद्धबाबा मन्दिरको बिकास तथा प्रचार प्रशारका बारेमा समेत संक्षिप्त छलफल भएको समितिका सदस्य तोया लम्सालले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।