ताजा अपडेट »

ब्रुस विलिसलाई नयाँ रोग

शुक्रबार, ०५ फागुन २०७९, १६ : ०८
38 Shares

लसएञ्जल्स । हलिउड अभिनेता ब्रुस विलिस गम्भीर बिरामी भएपछि एक वर्षयता उनी अभिनयबाट टाढा छन् । उनलाई वाचाघात नामक रोग लागिरहँदा उनीमाथि फ्रन्टोटेम्पोरल डिमेन्शिया नामको रोग पनि देखिएको छ । उनको परिवारले नयाँ रोगबारे खुलासा गरेका हुन् ।

‘सन् २०२२ मा ब्रुसलाई वाचाघात भएपछि उनको स्थितिमा सुधार भएको थियो । अहिले आएर उनलाई फ्रन्टोटेम्पोरल डिमेन्शिया(एफटीडी) नामको रोग पनि लागेको खुलेको छ । कुराकानीमा दिग्दारी मान्नु यो रोगको लक्षण हो । यो निकै दर्दनाक हुन्छ । तर फेरी पनि ब्रुसको स्पष्ट रोग पत्ता लाग्नु एउटा राहतको कुरा हो’, परिवारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

फ्रन्टोटेम्पोरल डिमेन्शिया(एफटीडी) एक यस्तो रोग हो, जुन भाषासँग सम्बिन्धत मस्तिष्कको क्षेत्रमा प्रभावित गर्ने विकारका लागि एक व्यापक शब्द हो । यो रोगका कारण मानिसको व्यक्तित्वमा बदलाव, बोल्नमा कठिनाई हुन्छ ।

अभिनय करियरको कुरा गर्दा विलिसले सन् १९८० को दशकमा अभिनय सुरुवात गरेका थिए । उनले यो लामा यात्रामा ‘द वर्डिक्ट’, ‘मूनलाइटिङ’, ‘द बक्सिङ, ‘होस्टेज’, ‘आउट अफ डेथ’ जस्ता फिल्ममा काम गरे । उनी सिरिज ‘डाई हार्ड’का लागि पनि चिनिन्छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।