ताजा अपडेट »

गायक खड्ग गर्बुजाको कौडा गीतमा बुद्धि तामाङको अभिनय

बुधबार, ०३ फागुन २०७९, १७ : २९
26 Shares

काठमाडौं  । गायक खड्ग गर्बुजा र गायिका तृप्ति खड्का गुरुङको स्वर रहेको  ‘लान्छु आज सालीको हात मागेर’ बोलको कौडा गीतको भिडियो रिलिज गरिएको छ ।

गीतकार हिरा काजी थापाको  शब्द रहेको गीतमा सार्वजनिक कौडा गीतमा ओम सुनारको संगीत तथा संगीत संयोजन रहेको छ । जसमा चर्चित हास्य अभिनेता बुद्धि तामाङ, वेदना राई, मनिषा लामा र श्रवण थापा लगायतका कलाकारहरूको अभिनय छ ।

गीतकार थापाकै निर्देशनमा तयार सार्वजनिक गीतले गाउँ घरमा रमाइलो गर्दै कौडा खेल्दाको रमाइलो पक्ष र साली भेनाको सवाल जवाफलाई कलात्मक शैलीमा भिडियोमा कैद गरिएको छ । उत्सव दाहालको छायांकन तथा प्रविन भट्टको सम्पादन रहेको गीतका निर्माता सञ्जय थापा, सरिता थापा र सञ्जित आले हुन् ।

भिडियाे लिंक : https://www.youtube.com/watch?v=NnsOobpg364

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।