ताजा अपडेट »

संगीतकार शिखर सन्तोषको ‘तुही तो है’ सार्वजनिक

बुधबार, ०३ फागुन २०७९, १३ : १५
6 Shares

काठमाडौं । संगीतकार शिखर सन्तोषको ‘तुही तो है’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

नेपाली, हिन्दीसहित विभिन्न भाषाका गीतमा संगीत भर्दै आएका उनले हालै हिन्दी भाषाको ‘तुही तो है’ बोलको गीत सार्वजनिक गरेका हुन् । 

शिखर सन्तोषको संगीत रहेको उक्त गीतमा हरमान नाजिमको स्वर रहेको छ । जसमा सुमन पाण्डेको शब्द सृजना रहेको छ । नितिन चन्दले निर्देशन र सम्पादन गरेको उक्त गीतको भिडियोमा अशु यादव र उपसना राथको अभिनय छ ।  

संगीतकार शिखरले चर्चित गायिका लता मंगेशकरलगायतसँग काम गरिसकेका छन् । लता मंगेशकरसँग काम गरेपछि उनले इन्डियन आइडल फेम पवनदीप राजन र अरुणिता काञ्जिलालसँग सहकार्य गरेका थिए । 

उनले विभिन्न भाषाका म्युजिक भिडियो तथा चलचित्रमा संगीत भरेका छन् । 

भिडियाे लिंक : https://www.youtube.com/watch?v=qLkOFOXyYuI

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।