ताजा अपडेट »

अस्मिता अधिकारी र भीष्मको ‘अम्खरामा पानी’मा स्मारिका

मंगलबार, ०२ फागुन २०७९, १७ : २०
8 Shares

काठमाडौँ ।  गायिका अस्मिता अधिकारी र गायक भीष्म अधिकारीको  लोकशैलीको ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । तेजश रेग्मीको शब्द, संगीत रहेको  गीतमा  एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन् । भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछानेको अभिनय देख्न सकिन्छ। 

पर्वतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा सुधिर श्रेष्ठ, लोसिना लामिछाने, लोमश शर्मा र स्मारिका ढकाललाई निर्देशक रामजी लामिछानेले गज्जबसँग नचाएका छन् ।

मन कृष्ण मर्हजनको छायांकन तथा बन्दे प्रसादले सम्पादन रहेको सार्वजनिक गीत गायक भीष्मको स्वरमा पहिलो हो । पेशाले स्ट्रक्चरल इन्जिनियर समेत रहेका गायक भीष्मको शब्दमा यसअघि नै  ‘माया टिकटके’ ले चर्चा पाएको थियो ।

भिडियाे लिंक : https://youtu.be/3K--9vtbNUE

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।