ताजा अपडेट »

विद्यार्थीको जन्मदिनमा संकलित रकम दुर्गमका विद्यालयलाई सहयोग

मंगलबार, ०२ फागुन २०७९, १२ : ३७
22 Shares

भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिका–२ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलले दुर्गम क्षेत्रका तीन विद्यालयललाई पुस्तक सहयोग गरेको छ। 

एभरेष्ट स्कुलले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीको जन्मदिनमा संकलित रकमबाट खरिद गरिएका पुस्तक दुर्गम क्षेत्रका सरकारी विद्यालयलाई सहयोग गरेको हो ।

एभरेष्ट स्कुलले सिन्धुपाल्चोक, मकवानपुर र चितवनको दुर्गम क्षेत्रमा रहेका तीनवटा सरकारी विद्यालयलाई दुई÷दुई लाख रुपैयाँभन्दा वढी रकमको पुस्तक सहयोग गरेको हो ।

एभरेष्ट स्कुलको ४०औं वार्षिकोत्सवको अवसरमा ती पुस्तकहरु हस्तान्तरण गरिएका हुन् । मादी ५ रमाइलोडाँंडास्थित दिवाकर स्मृति माध्यमिक विद्यालय चितवन, इन्द्रवती १२ भीमटारस्थित भीमेश्वर माध्यमिक विद्यालय सिन्धुपाल्चोक र बागमती ६ रातोमाटेस्थित जनहित आधारभूत विद्यालय मकवानपुरलाई पुस्कक हस्तान्तरण गरिएको हो । 

एभरेष्ट स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले प्रत्येक वर्ष वर्षभरिमा स्कुलका विद्यार्थीको जन्मदिन रकमबाट जम्मा भएको पैसाबाट दुर्गम स्कुलका सरकारी विद्यालयहरुमा पुस्तकालय स्थापना गर्न पुस्तक सहयोग गरी हस्तान्तरण गर्दै आएको जानकारी दिए । 

हालसम्म देशका २३ जिल्लाका २४ विद्यालयहरुलाई पुस्तकालयका लागि पुस्तक हस्तान्तरण गरिसकेको उनले जनाए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।