ताजा अपडेट »

तिलोत्तमामा आजदेखि शुरु भयो चौथो राष्ट्रपति रनिङशिल्ड

सोमबार, ०१ फागुन २०७९, १३ : ००
43 Shares

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आजदेखि चौथो नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ । वडा नम्बर(४ स्थित जनज्योती क्लबको खेल मैदानमा भएको प्रतियोगितामा ३६ विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमालाई शैक्षिकसँगै खेलकूदको समेत हब बनाउन लाग्नु पर्नेमा जोड दिए । नगरमा स्तरीय र सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला आवश्यक रहेको ब ताउँदै उनले त्यसका लागि नगरको सीमित स्रोत र साधनले सम्भव नभएको उल्लेख गरे । हरेक क्षेत्रमा तिलोत्तमालाई नमूना बनाउने आफ्नो प्रयास रहेको बताउँदै उनले समग्र खेल क्षेत्रको बिकास, शिक्षा तथा स्वास्थ्यको बिकाससँगै नगरलाई हरित शहरको रुपमा बिकास गर्ने लक्ष्य प्रस्तुत गरे ।

नगर उपप्रमुख जगेशवरदेवी चौधरीले खेलकूदको बिकाससँगै अब व्यवसायिकतालाई जोड दिनु पर्ने बताइन । खेलाडीहरु यसै क्षेत्रमा लागेर जीविकोपार्जन गर्न सक्ने हुनका लागि खेलकूदको व्यवसायिक रुपमा बिकास नै पहिलो कडी भएको उनले बताइन् ।प्रतियोगितामा ३० स्वर्ण पदकका लागि चार हजार बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल सञ्चालन हुने नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख गंगाराम आचार्यले जानकारी दिए । यस प्रतियोगितालाई नगरपालिकाकै गरिमाको रुपमा हेरिएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।