ताजा अपडेट »

लुम्बिनीको मन्त्रिपरिषद्: अधिकांश नयाँ अनुहार

आइतबार, २९ माघ २०७९, १८ : ३२
28 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले एक महिना पछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री गिरीले शनिबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् भने आइतबार मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरे ।

प्रदेशभाबाट विश्वासको मत लिए लगत्तै मन्त्रीपरिषद्लाई पूर्णता दिने तरखरमा मुख्यमन्त्री गिरी रहेता भए सत्तारुढ दलहरु बीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन् । मन्त्रीका आंकाक्षी धेरैे रहे पनि मुख्यमन्त्रीले १३ मन्त्रालयबाट घटाएर १० मन्त्रालयमा बनाएका छन्।

प्रदेश सभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । गिरीलाई माघ ५ गते ८७ प्रदेशसभाका सदस्य मध्य ५९ सांसदले विश्वासको मत दिए । मुख्यमन्त्री गिरीसँगै नियुक्त भएका दुई विना विभागीय मन्त्री चेतनारायण आचार्य र कृष्णा केसी एक महिलासम्म मन्त्रालय विहीन् हुन पुगे । मुख्यमन्त्री गिरीलाई ७ दलले समर्थन भए पनि मन्त्रीपरिषद्मा ४ दललाई मात्रै सहभागि गराएका छन् ।

मन्त्रिपरिषद्मा नेकपा एमालेबाट ४ मन्त्री, माओवादी केन्द्रबाट ३ मन्त्री र राप्रपा र जनमत पार्टीबाट १/१ जना मन्त्री बनेका छन् ।एमालेबाट संसदीय दलका उपनेता चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री, विष्णु पन्थी स्वास्थ्य मन्त्री, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण मन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यस्तै माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महराले आर्थिक मामिला मन्त्रालय, इन्द्रजीत थारुले भौतिक पूर्वाधार विकास मन्त्तालय, कृष्णा केसीले आन्तरिक मामिला, कानुन तथा सञ्चारको जिम्मेवारी पाइन् । १ महिनासम्म जिम्मेवारी नपाएकी मन्त्री केसीले आफूले चाहेको मन्त्रालय नपाउने बुझे पछि शनिवार राजीनामा दिइन् । अन्ततः मन्त्री केसीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी लिन तयार भइन् ।

यस्तै जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकास मन्त्रालय र राप्रपाकी जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । गिरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको दल लोकतान्त्रिक समाजवादी पार्टी मन्त्रीपरिषद्मा सहभागि हुन् इच्छा गरे पनि मुख्यमन्त्री गिरीले सो दललाई सहभागि गराएन् ।

मन्त्रीपरिषद्मा अधिकांश नयाँ अनुहार
मुख्यमन्त्री लिला गिरीको मन्त्रिपरिषद्का सदस्य मध्ये ७ मन्त्री पहिलो पटक मन्त्री बनेका छ । गिरीको मन्त्रिपरिषद्का सदस्य मध्ये एमालेबाट मन्त्री बनेका चेतनारायण आचार्य र माओवादीबाट मन्त्री बनेका इन्द्रजीत थारु मन्त्री पहिला पनि मन्त्री बनेका थिए ।

बाँकी सबै पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हु्न् । अर्घाखाँचीको (ख) बाट निर्वाचित एमाले संसदीय दलका उपनेता समेत रहेका खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्य यस अघि आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए भने दाङ १ (क) बाट निर्वाचित भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारु स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री बनेका थिए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।