ताजा अपडेट »

अर्थतन्त्रको अवस्था आत्तिहाल्नु पर्ने अवस्था छैन : अर्थमन्त्री पौडेल

शुक्रबार, २७ माघ २०७९, १९ : ५५
4 Shares

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले  नीजि क्षेत्र नै आर्थिक समृद्धिको आधार रहेकाले सरकारले सवैलाई साथ लिएर अघि बढ्ने बताए ।

अहिले देशको आर्थिक अवस्था त्यति सन्तोषजनक नभएको बताउँदै सरकार, नीजि क्षेत्र र आम नागरिकहरुका बीचको सहकार्यबाटै अहिलेको अवस्थाबाट पार पाउन सकिने पनि उल्लेख गरे । तर, अर्थमन्त्रीले यस्तो भन्यो भनेर आत्ति हाल्नु पर्ने अवस्था भने नरहेको बताए । विगतको अनुभवका आधारहरु र अहिलेको परिस्थीतिबारे सुक्ष्म अध्ययन गरेर त्यसै अनुसारका कामहरुलाई अघि बढाएको पनि अर्थमन्त्री पौडेलको भनाई  छ । अहिलेको सरकारको मुख्य उद्देश्यको रुपमा आर्थिक क्षेत्रका समस्या समाधान गर्ने रहेको बताए । 

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघले साना तथा मझौला उद्योगहरुको रुपमा रहेको मसलन्द उद्योगको विकासका लागि सरकारसँग पहल गर्ने बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनतर्फ इंगित गर्दै वरिष्ठ उपाध्यक्षका चार जना आंकक्षीलाई मिल्न आग्रह गरे । वरिष्ठ उपाध्यक्ष नै अर्को पटक स्वतः अध्यक्ष रहने विधानमा व्यवस्था भएकाले आफू अध्यक्ष हुँदा विधान संशोधन गरेर सवैलाई मिलाउन पहल हुने बताए । उनले भने, ‘अहिले चार जनाले वरिष्ठ उपाध्यक्षमा दावी गर्नुभएको छ, म अध्यक्ष भएपछि विधान संशोधन गरेर कार्यकाल २-२ वर्षको बनाउन पहल गर्छु, अहिले मिलेर एक एक जना आउनु भयो भने सवै अध्यक्ष भएर जाने वातावरण बन्छ । अहिले चारै जना चुनाव लड्दा ३ जना रिङ आउट हुने पक्का छ । त्यसैले सवै मिलेर उद्योग वाणिज्य महासंघलाई एकताबद्ध बनाउन पहल गर्नुपर्छ ।’

यसैगरी उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले मसलन्द उद्योग उद्योग वाणिज्य महासंघको महत्वपूर्ण अंग रहेको बताउँदै यसको समस्या समधानका लागि आफू सधैं प्रयास गर्न र उद्योगी व्यवसायीसँग मिलेर अघि बढ्न तयार रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।