ताजा अपडेट »

नेकपा एस देखी अन्य पार्टीसँग एकीकरणका लागि माओवादी प्रयास जारी

विहीबार, २६ माघ २०७९, १५ : १२
20 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दलसँग पार्टी एकीकरण र मोर्चाका लागि छलफल जारी राखेको छ ।

त्यसका लागि वार्ता समितिका संयोजक कृष्ण बहादुर महराले वार्ता समितिको तर्फबाट नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, (माओवादी समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह र धर्मेन्द्र समूह), अन्य वाम पार्टीहरु, समूह र व्यक्तिहरुसँग भइरहेको वार्ता गरिसकेको माओवादीले जनाएको छ ।

सो बारेमा हालै सम्पन्न स्थायी कमिटीमा महराले सो वारे जानकारी गराएको माओवादी केन्द्रले जनाएको छ ।विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने र अन्य वामपार्टी, समूह र व्यक्तिहरुसँग संयुक्त मोर्चा निर्माण र सहकार्य गर्नेगरी वार्ता अगाडी बढिरहेको निश्कर्ष बैठकमा वार्ता संमितिका संयोजक महराले राख्नु भएको छ,’ माओवादीद्धारा जारी परिपत्रमा भनिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।