ताजा अपडेट »

रुपन्देही देवदहका मोहन गुरुङ १६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा पक्राउ

बुधबार, २५ माघ २०७९, २० : १२
30 Shares

बुटवल । रुपन्देहीको देवदहबाट किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा देवदह नगरपालिका–
७ शितलनगर ३६ वर्षीय मोहन गुरुङ मँगलबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

गुरूङले ती किशोरीलाई गत शुक्रबार राति देवदह नगरपालिका–७ ढेकारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।