ताजा अपडेट »

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु

बुधबार, २५ माघ २०७९, १० : ३२
10 Shares

दाङ । दाङमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको हुन लागेको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा मतदान हुने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

सत्तारूढ दलमध्येका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन् । एमालेबाट उम्मेदवार बनेको रोल्पाका कुमार दसौदी र कांग्रेसबाट पनि रोल्पाका माधवप्रसाद आचार्य उम्मेदवार बनेका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय पनि उम्मेदवार बनेका छन । उपचिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् ।

प्रदेशसभा सदस्य १ जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको १८ हुने गर्छ । प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहेका छन् । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशमा १०९ स्थानीय तहहरु रहेका छन् । ती मध्ये कांग्रेसले ४८ स्थानीय तहमा जितेको छ । एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २-२ तथा राप्रपा र जनता प्रगतिशीलले १/ १ स्थानमा जितेका छन ।

८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/ ४, जसपा, लोसपा र जनमतले ३ / ३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/ १ सिट जितेका छन् । त्यस्तै स्वतन्त्रबाट २ जनाले जितेका छन । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी