११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइदैछ । प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिकाको मौरीघाटमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश प्रमुख अमिक शेरचनलाई दिउँसो १ बजे सलामी अर्पण गरेपछि स्थापना दिवस मूल समारोह शुरु हुने प्रदेश सभा सचिव दुर्लभ पुनले बताए ।

Advertisement

सो कार्यक्रममा झांकी प्रदर्शन,बुटवलमा अस्थायी राजधानी रहंदा भवन उपलब्ध गराउने संघसंस्थालाई अभिनन्दन, शुभकामना मन्तव्य र स्थापना दिवसको अवसरमा प्रदेश सरकार र प्रदेशसभाबीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिताका सहभागीलाई प्रमाणपत्र वितरण हुने सचिव पुनले बताए ।

प्रदेश सभाको पहिलो कार्यकालमा लुम्बिनी प्रदेशसभाले सबैभन्दा धेरै कानून बनाउन सफल भएको सचिव पुनले जानकारी दिए । लुम्बिनी प्रदेशले अन्य प्रदेशको तुलनामा धेरै अर्थात ७२ वटा विधेयक सभाबाट पारित गरेको छ ।

मधेस प्रदेशले ६१ वटा विधेयक दर्ता गरेकामा ५५ वटा पारित गरेको छ भने गण्डकी प्रदेशसभामा ६२ वटा विधेयक दर्ता भएकामा ५९ वटा बिधेयक प्रमााणिकरण भइ कार्यान्वयनमा ल्याएको छ । कर्णाली प्रदेश सभामा ६४ वटा विधेयक दर्ता भएकामा ५३ वटा प्रमाणिकरण भएका छन् । बागमती प्रदेशले यो अवधिमा ७० वटा विधेयक सभाबाट पारित गरिसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा दर्ता भएका ६७ विधेयकमध्ये ६५ वटा सभाबाट पारित भइसकेका छन् भने ६३ वटा प्रमाणिकरण भएका छन् । प्रदेश १ सभामा ६५ विधेयक दर्ता भएकोमा ६२ वटा पारित भएका छन् ।

प्रदेशले एकल अधिकारका कानुन बनाए पनि साझा अधिकारसम्बन्धी कानुन निर्माणमा भने जटिलता देखिएको छ । संविधान अनुसार प्रदेशका २१ वटा एकल अधिकार छन् । संघ र प्रदेशको २५ वटा साझा अधिकार र तीनै तहले उपयोग गर्ने गरि १५ वटा साझा अधिकार छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी