ताजा अपडेट »

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृतलाई विद्यार्थीको प्रश्न

शुक्रबार, २० माघ २०७९, ०७ : ३४
34 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित दुर्गा माध्यमिक विद्यालयमा बालबालिकाले प्रमुख प्रशासकीय अधिकृतसँग प्रश्न कार्यक्रम भएको छ। नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले आयोजना गरेको ‘विद्यार्थीसंग प्रमुख प्रशासकीय अधिकृत’ कार्यक्रममा सहभागी विद्यार्थीहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई स्कूले जीवन, संघर्षका कथा, मेहनतका फल, इमान्दारिता र विद्यार्थी अनुशासनका बारेमा प्रश्नोत्तर गरेका थिए।

करिव २ घण्टासम्म चलेको कार्यक्रममा प्रतिनिधिमुलक रुपमा ५ जना विद्यार्थीले प्रश्न सोधेका थिए भने प्रश्नको सहजीकरण तथा पुनः प्रश्न नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले गरेका थिए। १० भन्दा बढी संख्यामा रहेका विद्यार्थीले आफ्नो मनमा लागेको कुरा निर्धक्क राखेका थिए। प्रश्न सोध्न नभ्याएका विद्यार्थीले भने आफ्नो प्रश्न कागजमा लेखेर दिएका थिए।

विद्यार्थी जीवनमा आइपर्ने समस्या, पारिवारिक अवस्था, विद्यालयको अवस्था, साथीभाईको संगत, सिकाईको व्यवहारिकता, शिक्षासँग जोडिएको स्वास्थ्य, भौतिक अवस्था, बालमैत्री भएपछिको विद्यालयको अवस्था, शिक्षक व्यवहार लगायतको दर्जनौ प्रश्नको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जवाफ दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आफूपनि सामुदायिक विद्यालयबाटै पढेर यहाँसम्म आएको कथा सुनाउदै मेहनत, इमान्दारिता र अनुशासनले नै विद्यार्थी लक्ष्य चुम्न सफल हुन्छन भन्ने अभिप्राय थिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।