ताजा अपडेट »

रवि लामिछाने बारे!

विहीबार, १९ माघ २०७९, १९ : ३३
69 Shares

अमेरिकाको नागरिकता समेत छाडेर नेपाल र नेपालीको हित गर्ने उदेश्य बाेकेका भनिएका रविजीका पछिल्ला गतिविधिहरु र उहाँमा देखा परेका चिन्तनहरुले एउटा आशा लाग्दाे युवाको इतिहास समाप्त हुने त होइन ! भन्ने प्रश्न यतिबेला सबैको मनमा उब्जिएको छ ।

न्युज २४ काे सम्वाददाताकाे हैसियतमा रहदा देशमा रहेका बेथिति, बिसङ्गति र भ्रष्टाचारका घटनाहरूका बारेमा खराे उत्रिएका रविजीले आफ्नाे छवि अत्यन्तै राम्रो बनाएका थिए , देशमा देखा परेका बेथिति, भद्रगोल र अनुशाशन विहिनताकाे चक्रबाट वाक्क भएका खासगरी पुराना पार्टी र तिनका नेतृत्वबाट विश्वास हटिसकेका जनता खासगरि युवा वर्गले रवि लामिछाने माथि ठूलो विश्वास गरेको थियोे ।

निर्वाचनको समयमा माओवादि पार्टी लाई उछिन्ने गरि देशै भरिबाट युवाहरूले उनलाई साथ दिएका थिए ।सबैलाई विश्वास थियो कि उनले पुरानो चिन्तन ,संस्कार, संस्कृति र सर्वसत्तावादि साेचका विरुद्धमा रहेकाे नेपाली युवाहरूको उनलेे नेतृत्व गर्ने छन् । यो विश्वास र भराेसा उनिमाथी गरिएको थियो, तर निर्वाचनको परिणाम, त्यस पछिको सत्ता निर्माणकाे प्रक्रिया, उनको गृहमन्त्रीमा पदस्थापन, नागरिता सम्बन्धि विवादकाे फैसला, त्यस पछिका वहाका चिन्तनहरु जुन देखा परिरहेका छन् ।

यी सबै परिदृश्यहरुले पुर्वानुमान गर्न सकिन्छ कि वहाले वैकल्पिक शक्ति, वैकल्पिक विचार, वैकल्पिक संस्कृतिकाे निर्माणकाे दिशामा उहाँ र उहाँले नेतृत्व गरेको रास्वपा अगाडि बढ्ने छैन वहा र त्यो पार्टी पनि सत्ताकाे शेयरिङमा रुमलिएर आदर्श र विचारका हिसाबले समाप्त हुने छ भन्ने कुरा घटना क्रम ले संकेत गरिरहेको छ । रविजीमा देखा परेको सर्वसत्तावाद, मनाेगतवादि चिन्तन, कानुन प्रतिकाे हेलचक्रायि, सत्ता प्रतिकाे अत्यन्त माेहका जुन संकेत वहाले प्रदर्शन गरिरहनु भएको छ त्यसको उहाँकाे वाेझ ,स्तर र आदेशलाई समाप्त गर्दै लगिरहेकाे कुरा हामीले अनुभुति गरि रहेका छौँ ।

मैले निर्वाचनको परिणामको लगत्तै एउटा आर्टिकलमा लेखेको थिए कि रवि लामिछाने र उहाँले नेतृत्व गर्नुभएको पार्टीको परिक्षाकाे घडी प्रारम्भ भएको छ उहाँ ४ जना मन्त्री सहित उप प्रधानमन्त्री बनेर पुरानै सत्तामा एकाकार हुनुहुने छ वा पाँच वर्ष धैर्यता गरेर युवाहरुलाई संगठित गर्दै तमाम बेथिति र विसंगतिकाे विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्नु हुनेछ !केही समय पछि यो कुराकाे जानकारी हुनेछ । मैले आंकलन गरे जस्तै वहा अगिल्लाे बाटो राेज्नुभयाे र सरकारकाे वरिपरि घुम्ने बाटो वहाले राेज्नुभएकाे कुरा अब दिनको घाम जत्तिकै छर्लङ्ग छ ।आशा गराैकि यति राम्रो छवि र यति धेरै विश्वास प्राप्त गरेको युवा मात्र एक मन्त्रीको निम्ति आफ्नाे अस्तित्वलाई, आफ्नाे पार्टीको अस्तित्वलाई दाउमा लगाउनु हुने छैन ।

लाखौं लाख युवाहरूको आशामा विश्वास घात गर्नु हुने छैनकि भन्ने कामना गर्नु बाहेक अरु के पाे गर्न सकिन्छ र !हेक्का रहाेस रवि लामिछाने र वहाकाे पार्टीको रक्षाकाे निम्ति रविजीकाे देवत्वकरण गरेर वा वहामा देखापरेका पछिल्ला गम्भीर कमजोरी हरु लुकाउन मदत गरेर वहा र वहाकाे पार्टीको रक्षा हुन सक्दैन । अत: वहाका कमजोरी हरु माथि प्रहार गरेर वहालाई रुपान्तरण गर्न सकेमा , उहाँले आफ्नाे कमजोरीकाे आत्मा समीक्षा गरेमा मात्र यो कुराकाे सम्भव हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।