ताजा अपडेट »

नेपाल प्रहरीमा ९५ जना एसपीको सरुवा

विहीबार, १९ माघ २०७९, १९ : ०५
20 Shares

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सरुवा भएका विभिन्न एसपीहरु यसअघि नै काज सरुवाका रुपमा त्यहाँ पुगिसकेका छन् ।

बिहीबार निकालिएको सरुवापछि कमल थापा कन्चनपुर, अनुपम श्रेष्ठ गोरखा, अवदेश विष्ट तनहुँ, कृष्ण कोइराला धनकुटा, गौतम मिश्र धादिङ, टेकनन्द इवा लिम्बू सिरहा, नवीनकिशोर प्रधान गुल्मी, नरेन्द्रकुमार कार्की सप्तरी, प्रकाश मल्ल महोत्तरी, विनोद सिलवाल पश्चिम नवलपरासी, भरतबहादुर विक रुपन्देही, भाग्येन्द्रपुरुष ढकाल काभ्रे, योगेन्द्रकुमार खड्का बाग्लुङ, सञ्जयबहादुर राउत स्याङ्जा र सुधीरराज शाही बर्दिया प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।