१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३ साता भन्दा बढी हुँदा समेत लिला गिरीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैन् । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका गिरीले माघ ५ गते विश्वासको मत पाए ।

Advertisement

विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहे पनि भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् । यही विचमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मातृशोक परे पछि मन्त्रिपरिषद् थप प्रभावित हुन पुगेको छ । मन्त्रालयको मुख्यमन्त्रीसँगै सपथ लिएका २ विना विभागीय मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णी केसीलाई समेत मुख्यमन्त्रीले जिम्मेवारी दिन सकेका छैन्।

लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री तथा प्रवक्ता चेतनारायण आचार्यले अबको केही दिन भित्रमा नै मन्त्रीपरिषद्ले पूर्णता पाउने दाबी गर्छन्। राजधानी दाङमा तत्काल मन्त्रालय राख्ने र आवसको अभाव हुनुका साथै माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मातृशोक परेकाले मन्त्रीपरिषद्को विस्तारमा केही ढिलाई भएको बताउँछन् ।

अहिले मन्त्रालय र मन्त्रीहरुको आवसको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको प्रवक्ता आचार्यले बताए । ‘अबको केही दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री हुनु हुनुहुन्छ । स्थायी राजधानी दाङमा मन्त्रालय र मन्त्रीहरुको लागि आवासको व्यवस्थापनमा केही समस्या हुँदा ढिलाई भएको हो । अहिले हामी सबै व्यवस्थापनको अन्तिम चरणमा पुगेका छौँ ।’–उनले भने ।

यता माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले अब छिट्टै नै मन्त्रीपरिषद्को विस्तार हुने तर पार्टीको स्थायी कमिटिको बैठक चलिरहेकाले केन्द्रसँग सुझाव लिएर अघि बढ्ने बताउँछन् । ‘सकेसम्म अबको केही दिन भित्रमा नै मन्त्रिपरिषद्को विस्तार हुन्छ ।’ बरालले भने ‘हाम्रो पार्टीको स्थानीय कमिटीको बैठक केही लम्बियो । केन्द्रले कस्तो सुझाव दिन्छ त्यसलाई पनि आत्मसाथ गर्दै छिट्टै नै मन्त्रीपरिषद् विस्तार हुन्छ ।’

मुख्यमन्त्री गिरीले मन्त्रालयको संख्या घटाएर १० मन्त्रालय राख्ने निर्णय गरेका छन् । जसले गर्दा धेरै दल मिलेर बनेको सरकार भएको कारणले सबै दलको चित्त बुझाउन सकस पर्ने देखिएको छ । स्रोतका अनुसार एमाले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, माओवादी केन्द्रले ३, जनमत पार्टी, राप्रपा र नागरिक उन्मिुक्त पार्टीले एक एक मन्त्रालय पाउने मोटामोटि सहमति भएको छ । तर, कुन मन्त्रालय कुन दलले पाउने भन्नेमा भने सत्ता साझेदार दलहरुमा विवाद रहेको छ ।

मन्त्रायल राख्ने स्थान र मन्त्रीहरुलाई आवासको व्यवस्थापनमा समस्या भएको बताए पनि गठबन्धनमा भागबन्डा नमिल्दा ढिलाई भएको देखिन्छ । मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएको दल नागरिक उन्मुक्तिले असन्तुष्टि जनाउँदै राष्ट्रियसभाको निर्वाचनमा आफ्नो तर्फबाट समेत उम्मेद्वारी दिएको छ । माओवादीका संसदीय दलका नेता जोख बहादुर महरा मुख्यमन्त्री गिरीसँगै सपथ ग्रहण गर्ने तयारीमा रहे पनि आफुले रोजेको मन्त्रालय नपाउने भएपछि पछि हटेका थिए ।

एमालेबाट मन्त्रीका लागि भूमिश्वर ढकाल, दिनेश पन्थी, विष्णु पन्थी र भोजप्रसाद श्रेष्ठलाई बलियो दाबेदारको रुपमा हेरिएको छ भने माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महरा, इन्द्रजित थारु र दिपेश पुनलाई बलियो दाबेदारका रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी