१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

Advertisement

लसएञ्जल्स । आफ्नो गीतले विश्वलाई नचाउने प्रख्यात पप गायक माइकल ज्याक्सनलाई कुनै पनि परिचयको आवश्यकता छैन । नृत्य र गायनमा अब्बल ज्याक्सनलाई उनको गुणका कारण विश्वले सम्झन्छन् । अहिले यिनै ‘किङ अफ पप’को बायोपिक ‘माइकल’ बनाउने तयारी भइरहेको छ ।

फिल्ममा उनका २६ वर्षे भतिजा जाफर ज्याक्सनले काका माइकलको भूमिकामा अभिनय गर्नेछन् । एन्टोनी फुक्वाको निर्देशन रहने फिल्मका लागि लायन्स गेटले सोमबार कास्टिङ फाइनल गरेको छ । फिल्मको निर्माण ग्राहम किङले गर्नेछन् ।

‘मैले दुई वर्षअघि जाफरलाई भेटेको थिएँ । उनले जसरी माइकलको व्यक्तित्वलाई व्यवस्थित रुपले बताए, त्यही समयदेखि म उनीबाट प्रभावित थिएँ । यो यति शक्तिशाली थियो कि विश्वभर खोजी गर्दा पनि यो प्रष्ट थियो कि यो भूमिका निभाउने व्यक्ति उनी एकमात्र हुनसक्छन्’, ग्राहमले भनेका छन् ।

इन्स्टाग्राममा कास्टको घोषणा गर्दै जाफरको एक श्यामश्वेत तस्बिर पनि साझा गरिएको छ, जसमा उनी आफ्नो भूमिकाका लागि पूर्ण रुपमा डुबेको देख्न सकिन्छ ।

जाफरले पनि आफ्नो ट्वीटर हेण्डलमा काकाको भूमिका निभाउने अवसर दिएकोमा आभार व्यक्त गरेका छन् । ‘म मेरो काका माइकलको जीवनको कथालाई पर्दामा ल्याउनका लागि विनम्र र सम्मानित महशुस गरिरहेको छु । म तपाईंहरुसँग चाँडै भेट्नेछु’, उनले ट्वीटेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी