ताजा अपडेट »

नेतृत्वप्रति वितृष्णा कथनी र करनी बीचको अन्तरको प्रतिफल

मंगलबार, १७ माघ २०७९, १३ : ३३
50 Shares

२०५२ सालदेखि मैले बुटवललाई कर्मक्षेत्र बनाउदै आएको छु। यद्यपी मेरो पेशा राजनीति होइन । तर २०४६ सालको प्रजातान्त्र पुनःप्राप्तिको जनआन्दोलनमा गाउँघर (मध्यविन्दु नपा, नवलपुर) मा अग्रजहरुसँग मेरो सहभागिताले प्रहरी वारेन्टेटमा परि एक डेड महिना लुक्न गाउँ छोड्न परेर हो कि २०६२/६३ सालको प्रतिगमन विरुद्धको दोस्रो जनआन्दोलनमा सक्रिय सहभागिताले राजनीतिलाई नजीकबाट हेर्न मन लाग्छ। त्यसैले होला बहुदलीय लोकतन्त्रप्रति मेरो आस्था गहिरो छ । यसप्रति माया पनि उत्तिकै लाग्छ । त्यसैले अर्थ–राजनीतिलाई मैले आफ्नो पेशाको महत्त्वपूर्ण विषय बनाउँदै आएकोछु ।

सुरु सुरुमा बुटवल क्षेत्र मेरो लागि नौलो नै थियो । त्यसबेला बुटवल क्षेत्रका सबै नै अपरिचित थिए । २०६० सालदेखि बुटवल निर्वाचन क्षेत्र कै मतदाता बनेको र सात दलद्वारा २०६२/६३ सालमा गरिएको प्रतिगमन विरुद्धको दोस्रो जनआन्दोलनमा प्रजातन्त्रवादी प्राध्यापक संघ, बुटवल बहुमुखी क्याम्पस इकाई सभापतिको हैसियतले बुटवल क्षेत्रमा सक्रिय सहभागिताले यस क्षेत्रका नेता कार्यकर्ता तथा समाजसेवी अग्रज ब्यक्तित्वसंग परिचीत हुने अवसर मिल्यो, विचारको आदानप्रदान पनि बाक्लै हुनथाल्यो।यसबाट यहाँका राजनीतिक नेतृत्वसंगको सहकार्य, उठबस र एक अर्कोबीचआपसीपहिचान एंव सुखदुःख साट्न सहज बनायो ।

राजनीतिक क्रियाकलापमा धेरै थोरै सहभागिता र राजनीतिक चासो र चेतना अल्लि बढी भएको कारण ले होला निर्वाचनताका उमेदवारहरुको घोषणा पत्रको संकलन र अध्ययन तथा चुनावि अभियानमा नेताहरुको भाषणहरु सुन्नमा मेरो उपस्थिति बेसि नै हुन्थ्यो।नेताहरुले देश बनाउन,निर्वाचन क्षेत्रको विकास गर्न, रोजगारी अभिबृद्वी तथा गरिबी घटाइ जीवनस्तर उकास्न के कस्ता कार्यक्रम ल्याउछन, बताउछन्, यसबारेमा मेरो चासो र जिज्ञासा बेसि नै हुन्थ्यो। यसै सन्दर्भमा बुटवल क्षेत्रका नेतृत्वको निर्वाचन घोषणा पत्र कस्तो छ? लोकप्रियता आर्जनको लागि के कस्तो बोलिरहेकाछन?बोलेको कुरा कति पुरा गर्दा रहेछन ? जनतालाई कति ढाटदा रहेछ्न ?यसबारेमा यहाँ यस्तै विश्लेषण गर्ने जमर्को गरिएको छ।

२०४६ सालको प्रजातान्त्रिक व्यवस्थाको पुनः प्राप्तिको आन्दोलनमा र २०६२/६३ सालको प्रतिगमन विरुद्धको आन्दोलनमा सक्रिय सहभागिता नै होला बहुदलीय लोकतन्त्रप्रती मेरो आस्था र विश्वास गहिरो छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो,संसारमा लोकतन्त्रको विकल्पमा अर्को व्यवस्था हुनै सक्दैन। त्यसैकारणले होला लोकतन्त्रप्रति धेरै माया लाग्द्छ। राजनीतिक कर्मिहरुप्रती सम्मान गर्न मन लाग्द्छ, यिनिहरु कहिँ कतै नचुकुन, नझुकुन। जनताप्रती विश्वासघात नगरुन,जे बोल्छन त्यो पूरा गरून्,बरु थोरै बोलुन, बोलेको कुरा पूरा गरून, राजनीतिलाई पेशा होइन, समाजसेवाको माध्यम बनाउन । व्यवस्था र नेताप्रती जनताको विश्वास, माया, स्नेह, सम्मान र सद्भाव सदैब रहिरहोस, यसमा कत्ति पनि विचलन नआओस भन्ने मेरो भित्री मनको चाहना रहिरहेको छ ।

बुटवल क्षेत्रबाट २०६४, २०७०, २०७४ र २०७९ को संसदीय निर्वाचनमा विष्णु प्रसाद पौडेलले निर्वाचन जित्दै आएका छन । विभिन्न निर्वाचनमा घोषणा–पत्र वा निर्वाचन अभियानको क्रममा उनले विभिन्न ठाउँको कोणसभामा बुटवललाई धुलोधुंवा मुक्त शहरको रूपमा विकास गर्ने, बुटवल बजारको बस्तिविचबाट गएको हाइटेन्सन तार हटाउने, झुम्साखोलाको पानी बुटवलमा ल्याएर छ्यालछ्याल्ती पानी पु¥याउने, बुटवलमा रिङरोड बनाउने,सुकुम्बासीहरुलाइ जग्गा धनी प्रमाण पुर्जा दिने, कालीगण्डकीको पानी डाइभर्सन गरि तिनाउ नदिमा झार्ने, नदि उकाश क्षेत्र मोतिपुरमा औद्योगिक क्षेत्र बनाउने, प्रयोगबिहिनमा रहेको धागो कारखानाको भवनमा प्रयोगमा ल्याउने ,तिनाउ दानव नदि कटान नियन्त्रण गर्ने, ज्योतिनगर लक्ष्मीनगर पहिरो नियन्त्रणको स्थायी उपाय खोज्ने, बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउने आदि लगायत थुप्रै निर्वाचन क्षेत्र विकासका लागि बोलेका मध्ये यी मुख्य मुख्य प्रतिबद्धता हुन।

२०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ को विकासको जिम्मा मेरो पनि भन्नु भएछ । २०६४ सालदेखि गरेको उलेखित प्रतिबद्धता हालसम्म पूरा भएका छन वा छैनन यो बुटवलवासीले मुल्यांकन गर्नु नै भएको होला तर यसमध्ये कुनैकुनै त सुरुवात पनि भएको छैन।यस क्षेत्रको नेतृत्व र उनको सहयोगहरु जनताको मत लिन जे पनि बोल्ने, आश्वासन दिने तर चुनाव जितेपछि काम नगर्ने परम्परा बनाएको पाइन्छ।

स्मरणीय कुरा २०७७ असोज २० गते प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका (देउखुरी) निर्णय ग¥यो ।२०७४ सालको निर्वाचनमा अरु पार्टीले प्रदेश राजधानी बुटवलमा कायम गर्न नसक्ने आफू र आफ्नो पार्टीले मात्रै बुटवलमा प्रदेशको स्थायो राजधानी बनाउन सक्ने मतदातासामु प्रतिबद्धता गर्दै भोट बटुलेका विष्णु पौडेलले बुटवलमा प्रदेश राजधानी बनाउन सकेनन । राजधानीको सवालमा उनी निरीह भए अर्थमन्त्रीको पदसंग राजधानी साटे भन्ने आरोप पनि लाग्यो। २०७९ सालको संघीय निर्वाचनमा प्रदेश राजधानीको मुद्दा व्यापक उठ्यो,प्रदेश राजधानी गुमाउनुको दोष विष्णु पौडेललाई लगाइयो।

प्रदेश राजधानी कै कारणबाट निर्वाचन हार्ने अवस्था आएपछि उनले भलवाडिको एउटा होटेलको प्राङ्गणमा हिमालयन टिभद्वारा आयोजित जनतासंग उमेदवार कार्यक्रममा राजधानी ढुङ्गाको अक्षरले लेखेको होइन, चकले लेखेको डस्टरले मेटिन्छ भनेर राजधानी बुटवलमा ल्याउन सकिने घुमाउरो उत्तर दिएको थिए । तर कामचलाउ मुख्यमन्त्री कुल बहादुर के सीले रातारात मंसिरको तेस्रो सातातिर राजधानी बुटवलबाट देउखुरीतिर सारी छाडे। अब राजधानी फर्काउन उनले सक्नेछैनन।राजधानी फर्काउने ध्येयले उनले बोलेका पनि थिएनन, उनको चुनाव जित्ने ध्येय थियो।बालबाल चुनाव पनि जिते,अब राजधानीको सवाल लगभग सकियो तर राजधानी गुमेको असर बुटवलमा अब देखिदै जानेछ, बिस्तारै राजधानीको महत्त्व, औचित्य र आवश्यकता बुटवलवासीले बुझ्दै जानेछन तर त्यसबेला बुटवलबासीहरुसंग केही बांकि रहने छैन, पछुताउनु बाहेक अर्को केही विकल्प हुने छैन,सबै गुमिसकेको हुनेछ।

२०७२ असोज २५ गते गठित केपि ओलि नेतृत्वको सरकारमा विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएका थिए । त्यसबेला बुटवल बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख नियुक्ति गर्ने समय थियो।त्यसबेलाका उपकुलपति तिर्थ खनिया प्रजातान्त्रिक शैक्षिक आर्दशप्रती प्रतिबद्ध भएको प्राध्यापक हुनुहुन्थ्यो उनलाई प्रत्यक्ष धम्काएर दवाफ दिंदा नराम्रो संदेश जाने देखेर अर्थमन्त्री विष्णु पौडेलले उपकुलपति खनियांलाई फोन गरेर १५/२० करोड त्रि वि पेन्सन कोषमा पैसा लैजानुस भिसीसाव, बुटवल क्याम्पसको प्रमुख नचलाइदिनुस भनेछन ।भिसी खनियां पनि पेन्सनकोषमा १५/२० करोड आउने हुँदा मख्ख पर्दै बुटवलमा क्याम्पस प्रमुख अर्थमन्त्रीको मान्छेलाई दिन्छु चलाउन्दिन, भनेर भिसी सरले हामीलाई बताउनुभयो । तर उनले आफ्नो मान्छे क्याम्पस प्रमुख त बनाए तर १५/२० करोड त्रि वि पेन्सन फण्डमा हाल्दिएनन।बोलेको कुरा पूरा गरेनन।

२०७४ सालको संघीय निर्वाचनमा नेकपाका अध्यक्ष केपि ओलिले केरुङदेखी काठमाडौं पोखरा हुदै लुम्बिनीसम्म रेल ल्याउने, गंगा नदिको हल्दिपुरसम्म नेपाली झणडावाला पानी जहाज चलाउने, चुलोचुलोमा ग्यासको पाइप जोड्ने, हावाबाट विजुली निकाल्ने जस्ता अत्यन्तै महत्वकाक्षी योजना ल्याए,यस्ता योजनाहरु अत्यन्तै महत्त्वपूर्ण र जनताको मन छुने पनि थिए, परिणाम नेकपाले झण्डै दुई तिहाई मत ल्याएर सरकार बनायो। केपि ओलिको नेतृत्वमा ४१ महिना बामपंथी सरकार चल्यो, चुनावताका व्यक्त गरिएका उल्लेखित योजनाहरु प्रारम्भ पनि भएन।यी सबै पत्याउने गरि ढांटिएका चुनाव जित्न गरिएका फण्डा थियो भन्ने बुझ्न धेरै मिहिनेत गर्नु नै पर्दैन।

२०६१ सालदेखिको निर्वाचनमा जित्दै आएका मा. विष्णु पौडेलले निर्वाचन लड्दा गरिएका प्रतिबद्धता के कति पुरा भएका छन? के कति पूरा हुन बांकी छन ? अर्थात प्रतिबद्धता अनुसार काम भएका छन वा छैनन यसबारे मुल्यांकन गर्ने बेला भएको छ । विगतदेखि गरिएको प्रतिबद्धता अनुसार काम गर्ने अन्तिम अवसर उनलाई अहिले प्राप्त छ, यो अवसर पनि विगत झै गुमाए भने उनलाई इतिहासले धिक्कार्ने छ । हुन त उनले रुपन्देही क्षेत्र नं २ को विकासको जिम्मा लिने घोषणा गरे पनि गुमेको राजधानीको क्षेतिपुर्ति विकासको आश्वासनले दिनैसक्दैन, साच्चै विकास नै गर्न बोलेको हो कि चुनाव जित्न बोलेको फण्डा हो त्यो आगामी दिनमा देखिने नै छ तर विगतमा काम नगरेको देख्दा विकास गर्नै बोलेको हो जस्तो लाग्दैन । आर्थिक राजधानीको हवला दिएर वा सबल आर्थिक केन्द्रको नारा लगाएर मलम लगाउने प्रयास गरे तापनी बुटवलको समुन्नति र खुशी लुटिएको छ।बुटवलको अस्मिता खोसिएको छ ।

नेतृत्वले राजनीतिलाई धन आर्जनको पेशा बनाउन थाले। व्यवस्था परिवर्तन त भयो, व्यवस्था परिवर्तनले नेता र नेताको परिवारको अबस्थामा परिवर्तन आयो, जनताको अबस्था झन बिग्रियो । नेतृत्वको यस्ता गतिविधिले नेता र राजनीतिप्रती जनताको वितृष्णा बढ्नथालो।अहिले स्वतन्त्रप्रतिको आकर्षण नेतृत्वले एउटा बोल्ने काम चाहिँ गर्दै नगर्ने गरे अर्कै गर्ने परम्पराको प्रतिफल हो भन्न मलाई गा¥हो पर्दैन ।

नेतृत्वले एउटा बोल्ने र बोलेको कुरा नगर्ने गरेको थुप्रै उदाहरणहरु पाइन्छन, नेतृत्व बोल्ने र काम गराइमा धेरै अन्तर देखिन्छ। नसक्ने वा गर्न नहुने काम पनि किन गर्द्छु ?भन्द्छन,किन बोलेको कुरामा आफै च्युत हुन्छ्न ? जित्न वा सस्तो लोकप्रियताको लागि जे पनि बोल्ने प्रवृत्ति किन बढ्दोछ।मेरो मान्छे किन भनिन्छ?हाम्रो मान्छे,हाम्रो काम किन भन्दैनन? यी र यस्तै क्रियाकलापले गर्दा नेतृत्व प्रति जनताको विश्वास गुम्दै गएकोछ।

यस्तै किसिमको कथनी र करनिमा अन्तर देशैभरका निर्वाचन क्षेत्रमा भेटिन्छ। चुनावमा ठुलाठुला कुरा गरेर जनताको महत्त्वकांक्षा बढाउने अनि काम जनचाहना अनुसार फिटिक्कै नगर्ने प्रवृत्तिले राजनीति, राजनीतिक दल र नेतृत्वप्रती जनताको विश्वास घटदै गैरहेएकोछ, नेतृत्वप्रती वितृष्णाको बढ्दोछ,विश्वासमा कमि आएकोछ, सर्वसाधारण जनताले पनि काम नगर्ने,बोलेको कुरा नपु¥याउने ग¥यो भने यो पनि नेता भएछ भन्न थाले।नेता गाउँघरमा आयो भने चोर आयो भन्द्छन भनेर राप्रपा अध्यक्ष लिङ्देलले धेरै अगाडि भनिसकेका पनि छन । त्यसकारण नेतृत्व गिरिजाप्रसाद कोइरालाले भने झै म जे बोल्छु, त्यो गर्द्छु र जे गर्छु त्यो मात्रै बोल्छु भन्ने मन्त्र आत्मसात गरीअगाडि बढे मात्र जनविश्वास पुन पलाउन सक्ला भन्ने मेरो आंकाल छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।