११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

Advertisement

मुम्बई । अभिनेता शाहरुख खान चार वर्षपछि फिल्म ‘पठान’मार्फतको सफल कमब्याकलाई अझ सफल बनाइरहेका छन् । सिद्धार्थ आनन्द निर्देशित यो फिल्ममा शाहरुखसँगै दर्शकले जोन अब्राहम र दीपिका पादुकोणको कामको उत्तिकै तारिफ गरिरहेका छन् ।

शाहरुखको मन्नतस्थित बालकोनी उनका लागि सधैं प्रिय छ । यही स्थानबाट उनी फ्यानलाई प्रति अभिवादन गर्छन् । शाहरुख फ्यानलाई अभिवादन गर्न बालकोनी नै किन जान्छन् ? यो एउटा रहस्यकै विषय हो । फिल्म ‘पठान’को सफलतापछि आयोजित कार्यक्रममा शाहरुखले मन्नतको बालकोनी जाने कारण खुलाएका छन् ।

‘मेरो फिल्म हिट हुँदाको जस्तै फ्लप हुँदा पनि फ्यानहरूले मलाई त्यही किसिमको माया दिएका छन् । मेरो परिवारको अग्रजले मलाई एकपटक ‘जब तिमी दुःखी हुन्छौ, त्यो बेला तिमीलाई माया दिने मान्छेसामु जानु’ भनेर भन्नुभएको थियो । यदि कुनै काम हुन सकेन अथवा त्यो गलत भयो भने हामी सबैको जीवनमा गलत हुने चिजहरु हुनेछन् । त्यसमा राम्रा र नराम्रा दुवै दिन आउनेछन्’, शाहरुख भन्छन् ।

शाहरुख अगाडि भन्छन्, ‘मलाई भनिएको थियो, तिमीले काम गर्ने मानिसकोमा नजानु, तिमीलाई कसरी राम्रो गर्न सकिन्छ भनेर बताउने मानिसहरुमा नजानु । म धेरै भाग्यशाली छु कि मलाई लाखौं र अर्बौं मानिसहरुले माया दिएका छन् । त्यसकारण म जब दुःखी हुन्छु, त्यो बेला बालकोनी जान्छु । जब म खुशी हुन्छु, त्यो बेला बालकोनी जान्छु । भगवान यति दयालु हुनुभएको छ कि मलाई सधैं बालकोनीको टिकट दिनुभएको छ ।’

शाहरुखको फिल्म ‘फ्यान’मा पनि उनको बालकोनीको दृश्य देखाइएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी