ताजा अपडेट »

सेयर बजार ४१ अंकले घट्यो

सोमबार, १६ माघ २०७९, १५ : ५९
43 Shares
सोमबार, १६ माघ २०७९
43 Shares

काठमाडौं । साताको दोस्राे कारोबार दिन सोमबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा ४१.०१ अंकले ओरालो लागेर २१२७.५२ विन्दुमा आएर रोकिएको छ । 

आइतबार नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लाग्दा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको थियाे ।साेमबार भने २५६ कम्पनीको  ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १७ करोड रुपैयाँको बिक्री भएको छ। साथै, रिडी हाइड्रो पावर कम्पनीको १० करोड ४८ लााखभन्दा बढीको सेयर कारोबार भएको छ ।

लुम्बीनी जनरल बिमा र आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल २०४ कम्पनीमा ओरालो लागेको छ भने जम्मा ९ कम्पनीमा उकालो लागेको छ । साेमबार सबै उपसूचकहरू राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स इन्डेक्स र हाेटल तथा पर्यटनको ३ प्रतिशतले मूल्य घटेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।