ताजा अपडेट »

सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सोमबार, १६ माघ २०७९, १२ : ३५
14 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र  (बालेन) साहले बागमती करिडोरमा रहेका सुकुम्बासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहयोग मागेका छन् । सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर मेयर साहले थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका हुन् । 

केही दिनअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई पनि भेटेर सहयोग मागेका साह सोमबार गृहमन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका हुन् । केही महिनाअघि सुकुम्बासी बस्ती हटाउन पुगेका सुरक्षाकर्मीमाथि स्थानीय आक्रमणमा उत्रिएका थिए । त्यसयता मेयर साहले सरकारसँग सहयोग मागिरहेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।