ताजा अपडेट »

गृह मन्त्रालयमा पुन: रास्वपाले दाबी गरेपछि छलफल गर्न माओबादी केन्द्रको पदाधिकारी बैठक बस्दै

सोमबार, १६ माघ २०७९, ०५ : ५५
20 Shares

काठमाण्डौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले गृह मन्त्रालयबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको माओवादीका एक नेताले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुन: नेपाली नागरिकता लिएपछि गृहमन्त्रालय दाबी गरेका छन्।

आइतबार नेपाली नागरिकता लिएर रास्वपाको पुनः सभापति भएपछि गृह मन्त्रालयबारे छलफल गर्न उनी बालुवाटार पुगेका थिए। आइतबारै बसेको रास्वपा केन्द्रीय समितिको बैठकले गृह मन्त्रालय दाबी गर्ने र रविलाई नै पुनः मन्त्रीमा पठाउने निर्णय गरेको थियो।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीसँग ३ घण्टा बढी छलफल गरेका थिए। ओली बाहिरीए लगत्तै रवि बालुवाटार पुगेका हुन्।

उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने नेपाली नागरिकता प्रमाणपत्र नभएको भन्दै शुक्रबार सांसद पद खारेजीसंग सबै पद गुमाएका थिए। तर, आइतबार रविले नागरिकता पुनः प्राप्ती गरेका छन्।

तर, नेकपा माओवादी केन्द्रले भने गृह दिन नसक्ने अडान लिएको छ। सोही विषयमा छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।