११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

मुम्बई । फिल्म ‘पठान’मार्फत अभिनेता शाहरुख खानको चार वर्षपछिको कमव्याक बलिउड बक्सअफिसका लागि धमाकेदार बनेको छ ।

Advertisement

फिल्मले रिलिजको पहिलो दिन नै बलिउड ‘सकिएको’ मान्ने ट्रोलर्सको होस नै उडाइदिएको छ । फिल्मले पहिलो दिनमै भारतमा करिब ५४ करोडको व्यापार गरेको छ । हिन्दी फिल्मको इतिहासमा फिल्म रिलिजको दिन नै यति बम्बर ओपनिङ सायदै कमैलेमात्र चाख्न पाएका छन् ।

यो फिल्मले कमाईसँगै अन्य कैयौं रेकर्ड ब्रेक गरिसकेको छ । फिल्मले विश्वव्यापी रुपमा नै सय करोड बढीको व्यापार गरिसकेको छ । रोचक कुरा के छ भने फिल्मले नयाँ १० रेकर्ड पनि कायम गरेको छ । यी हुन् ‘पठान’का १० रेकर्ड

१. भारतमा हालसम्म सर्वाधिक बढी स्क्रिनमा रिलिज हुने पहिलो फिल्म ।

२. पहिलो दिन बक्सअफिसमा सर्वाधिक कमाई गर्ने हिन्दी फिल्म ।

३. बिना कुनै सार्वजनिक विदाको दिन रिलिज यस्तो पहिलो फिल्म, जसले ओपनिङ डेमै रेकर्डयुक्त कमाई गर्‍याे ।

४. यशराज ब्यानरको तेस्रो फिल्म जसले ‘वार’(५३ दशमलब ३५ करोड) र ‘ठग्स अफ हिन्दुस्तान’ (५२ दशमलब २५) पछि पहिलो दिन बक्सअफिसमा नेट ५० करोड भन्दा व्यापार गर्ने फिल्म

५. तेस्रो यशराज स्पाय युनिभर्स फिल्म जसले ‘एक था टाइगर’ र ‘वार’ पछि रेकर्ड कायम गरेको छ ।

६. पहिलो दिन झण्डा गाड्ने शाहरुखको करियरकै पहिलो हाइएस्ट ग्रसिङ फिल्म

७. दीपिका पादुकोणको करियरको लागि पनि ‘पठान’ पहिलो फिल्म हो, जसले ओपनिङ डेमा रेकर्डब्रेक कमाई गर्यो ।

८. पहिलो दिन जोन अब्राहमको करियरको पनि पहिलो हाइएस्ट ग्रसिङ फिल्म ।

९. यशराज फिल्मसको पनि पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने पहिलो फिल्म ।

१० निर्देशक सिद्धार्थ आनन्दको करियरको पहिलो दिन कमाइ गर्ने पहिलो फिल्म ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी