११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

Advertisement

मुम्बई । प्रख्यात फिल्म निर्देशक अनुराग कश्यपको फिल्म ‘ग्याङ्स अफ वासेपुर’ कल्ट क्लासिक फिल्मको सूचीमा पर्छ । दुई भागमा बनेको यो फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो । फिल्मको कथा, कलाकारको अभिनय र गीतलाई दर्शकले निकै मनपराए । आज पनि यो फिल्मका कलाकारलाई दर्शकले उत्तिकै सम्झन्छन् ।

तर, निर्देशक अनुराग भने यो फिल्मलाई सम्झन चाहँदैनन् । ‘म यो फिल्मलाई बिर्सन चाहन्छु । म जहाँ पनि जान्छु, मलाई मानिसहरूले ग्याङ्स अफ वासेपुर जस्तो फिल्म कहिले बनाउने भनेर सोध्छन् । यो खुशीको कुरा हो कि मानिसले अझै यो फिल्म सम्झिरहेका छन् । तर, उनीहरूले अर्को फिल्मलाई पनि सम्झनुपर्छ,’ उनी भन्छन् ।

‘ग्याङ्स अफ वासेपुर’मा मनोज वाजपेयी, पंकज त्रिपाठी, हुमा कुरैशी, ऋचा चड्डाजस्ता कलाकारको अभिनय थियो । दुवै भागको फिल्म सन् २०१२ मा रिलिज भएको थियो ।

कामको कुरा गर्दा निर्देशक अनुराग नयाँ फिल्म ‘अलमस्ट प्यार विद डिजे मोहब्बत’का कारण चर्चामा छन् । यो फिल्म यसै वर्षको फेब्रुअरी ३ मा रिलिज हुँदै छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी