ताजा अपडेट »

आज प्रतिनिधिसभा उपसभामुखको उम्मेदवारी दर्ता हुँदै

शुक्रबार, ०६ माघ २०७९, ११ : ०१
23 Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपरान्ह्र ४ बजेसम्मका लागि तोकिएको छ । सत्तागठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी छ । जसअनुसार उपसभामुख उम्मेदवार चुन्न रास्पवाको संसदीय दलको बैठक जारी छ ।

रास्वपामा सोविता गौतम, सुमना श्रेष्ठ, चन्दा कार्की र इन्दिरा रानाको नाम चर्चामा छ । तर, श्रेष्ठले आफू उम्मेदवार नबन्ने स्पष्ट पारिसकेकी छन् । रास्वपामा बहुमत सांसद सोविता उप्रेतीको पक्षमा देखिएकी छन् । उप्रेतीले बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलाई भेटेर लबिइङ गरिसकेकी छन् ।

विपक्षी गठबन्धन कांग्रेस, एकीकृत समाजवादीले उपसभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गरिसकेका छैनन् । त्यसका लागि अझै समय बाँकी रहेकाले आजै दिउँसो छलफल गरेर उम्मेदवारी टुंगो लगाउने कांग्रेस सांसद चन्द्र भण्डारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।