ताजा अपडेट »

सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको माग

विहीबार, ०५ माघ २०७९, १२ : ०१
10 Shares

काठमाडौं । कांग्रेसले सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न माग गरेको छ । बिहीबार बिहान सुरु भएको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति सरकारले संसदमा कुरा नउठाएकोप्रति आपत्ति जनाउँदै रुलिङको माग गरेका हुन् ।

उनले आजको कार्यसूची स्थगित गरेर भए पनि सरकारले जहाज दुर्घटनाबारे जानकारी गराउन माग गरे । आजको प्रतिनिधिसभाको बैठकमा सभामुखका लागि निर्वाचन हुने कार्यसूची छ । कांग्रेसको यस्तो मागपछि सभाध्यक्ष पशुपतिशमशेर राणाले सरकारका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई जवाफ दिन समय दिएका थिए । 

नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपालाई प्रतिपक्षी दल घोषणा गर्न माग गरेका छन् । प्रतिनिधिसभामा नेमकिपाबाट एकजना सांसद छन्। उनले संसद बैठक स्थगित गरेर भए पनि विपक्षी दल नेता तोक्न माग गरेका छन्। ने

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।