ताजा अपडेट »

युवामैत्री स्थानीय शासनका लागि तिलाेत्तमा नगरपालिकामा ज्ञापनपत्र

सोमबार, २५ पुस २०७९, २० : ०२
32 Shares

बुटवल । युवामैत्री स्थानीय शासनका लागि तिलाेत्तमा नगरपालिकामा ज्ञापनपत्र बुझाइएकाे छ । जीवन पाण्डेको संयाेजकत्वमा तिलाेत्तमा नगरपालिकाका युवाहरूले नगरप्रमुख रामकृष्ण खाँणलाई साे ज्ञापनपत्र बुझाएका हुन् ।

पछिल्लो समयमा ज्ञान , सीप र दक्षता भएका युवाहरू राम्रो मार्ग दर्शन र अवसर नपाउँदा विभिन्न कुमार्गतिर लागेकाले नगरपालिकाले उचित नियम बनाएर समयमा नै युवा लक्षित कार्यक्रमहरू ल्याउन ज्ञापनपत्रमार्फत आग्रह गरिएकाे छ । हाल तिलाेत्तमा नगरपालिकामा ५९ हजार भन्दा बढी युवावर्ग रहेका छन् । त्यी युवावर्गका आफ्नै ज्ञान र अनुभवहरू रहेकाे भन्दै त्यी अनुभवहरूलाई तिलाेत्तमा नगरले निर्धारण गरेकाे समृद्ध तिलाेत्तमा सुखी तिलाेत्तमाकाे लक्ष्यतिर अघि बढ्न जरूरी रहेकाे ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ ।

गत आषाढ १७ गतेदेखि १९ गतेसम्म तिलाेत्तमा नगरपालिकाभित्रका विभिन्न क्षेत्रका ४० जना युवाहरूकाे सहभागितामा तिनदिने कार्यक्रम सम्पन्न भएकाे स्मरणसमेत गराइएकाे छ । युवामैत्री स्थानीय शासन प्रवर्द्धनका लागि जीवन पाण्डेको संयाेजकत्वमा युवामैत्री शासनका लागि प्रारम्भिक अवस्था अध्ययन समिति समेत निर्माण गरेकाे समेत ज्ञापनपत्रमा स्मरण गराइएको छ । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख खाँणले युवावर्ग नगरका लागि महत्त्वपूर्ण रहेकाे भन्दै उनीहरूकाे अनुभव र ज्ञानलाई नगरपालिकाले कदर गर्ने बताए ।

तिलाेत्तमा नगरपालिकाले युवामैत्री शासन लागू गर्नका लागि आवश्यक कार्यक्रम नीति , नियम , कार्यविधि बनाई लागू गर्न जरुरी छ । जसले गर्दा निकट भविष्यमै हाम्रो नगरपालिकालाई युवामैत्री घाेषणा गर्न सकिनेछ । हामीले स्थानीय युवामैत्री शासन लागू गर्न सकेकाे खण्डमा युवाहरूकाे मात्र समग्र नगरपालिकाकाे समग्र विकासमा प्रत्यक्ष अप्रत्यक्षरूपमा टेवा पुग्ने देखिन्छ ।

तसर्थ तिलाेत्तमा नगरपालिकाकाे सबै क्षेत्रका युवाहरूकाे प्रतिनिधित्व हुनेगरी युवामैत्री स्थानीय शासन कार्यान्वयनका लागि आवश्यक अध्ययन अनुसन्धान र कार्यक्रमहरू गर्नका लागि याे ज्ञापनपत्रका माध्यमबाट हामी अनुराेध गर्दछौँ । ज्ञापनपत्रमा भनिएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।