ताजा अपडेट »

रुपन्देहीको कञ्चनमा सुस्त मनस्थितीकी महिलामाथि करणी प्रयास गर्ने युवा पक्राउ

शनिबार, २३ पुस २०७९, १० : ३४
8 Shares

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा सुस्त मनस्थिती भएकी महिलालाई घरमा कोही नभएको मौकापारी जवरजस्ती करणी गर्न खोज्ने एकजना व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार साँझको समयमा शारिरीक रुपमा अपांगता भएकी र सुस्त मनस्थिती भएकी २३ वर्षीया महिलालाई करणी प्रयासको आरोपमा स्थानीय ३० वर्षीय राजेन्द्र अधिकारी पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार घरमा गई अरु कोही नभएको मौका छोपी जवरजस्ती शौचालयमा लगी पीडित महिलाको शारिरीक र सुस्त मनस्थितीको फाईदा उठाउँदै जवरजस्ती करणी उद्योग गर्न खोज्ने कञ्चन ३ अधिकारी पक्राउ परेका हुन् । उनलाई जवरजस्ती करणी कसुर अन्तरगत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।