ताजा अपडेट »

लुम्बिनीको दाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवा पक्राउ

शुक्रबार, २२ पुस २०७९, १३ : ५५
19 Shares

दाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लमही नगरपालिका(९ बस्ने २२  वर्षीय अनोवर कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। 

यादवले ती बालिकालाई सोही नगरपालिका(९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।