ताजा अपडेट »

रुपन्देहीमा १७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक युवा पक्राउ

बुधबार, १३ पुस २०७९, १४ : ५६
18 Shares

काठमाडौं । १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका २४ वर्षीय सचिन थापालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । 

सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित निर्माणाधीन होटेलको कम्पाउण्डभित्र किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले  बताएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।