ताजा अपडेट »

माधव नेपाल अस्पतालबाट शपथका लागि संसद भवन जाने, त्यसपछि फेरि अस्पतालमै फर्किने

विहीबार, ०७ पुस २०७९, ११ : ४४
21 Shares

काठमाडौं । अस्वस्थ भएपछि अस्पताल भर्ना भएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि संसद भवन जाने भएका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यक्रम छ । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल अस्पतालबाटै संसद भवन जाने र शपथ पनि पुनः अस्पताल फर्किने भएका छन् । 

रूघा खोकी, ज्वरो र छातिमा संक्रमण देखिएपछि गत आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएर उपचार गराइरहेका उनी शपथ ग्रहणका लागि भने बिहीबार संसद भवन जान लागेका हुन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।