ताजा अपडेट »

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी : आज जनचेतना र्याली, बुटवल मण्डपमा सजावट

बुधबार, ०६ पुस २०७९, ०५ : ५७
28 Shares

बुटवल । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यसहित यही पौष ७ गते भोलि विहिबारबाट बुटवल मण्डपमा आयोजना हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधी तथा पर्यटन महोत्सव-२०७९ को पूर्व सन्ध्यामा आज बुधवार बुटवलमा औद्योगिक जनचेतना र्यालीगरिने भएको छ । प्रदर्शनीको पूर्व सन्ध्यामा आयोजना गरिने औद्योगिक जनचेतना र्यालीको तयारी पूरा भएको संघले जनाएको छ ।

र्यालीमा १ वढी संघ-संस्थाहरुको सहभागिता रहने ¥याली उपसमितिका संयोजक चन्द्रकान्त खनालले बताए । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएर राजमार्ग चौराहा, मिलनचोक, अस्पताल लाईन, ट्राफिक चोक, श्रवणपथ, सुख्खानगर हुदै पुनःप्रदर्शनी स्थलमा आएर समापनहुने छ । र्यालीमा जातजाती, भेषभुषा, धार्मिक, टोल विकास समिति, उद्योगसहितका संघ संस्थाहरुको सहभागिता रहने र र्यालीको समापनका अवसरमा र्यालीमा सहभागीहरुलाई मूल्याङ्कन गरी पुरस्कृत गरिने संयोजक खनालले बताए । यता प्रदर्शनी स्थल बुटवल मण्डपमा प्रदर्शनीका लागि आवश्यक भौतिक निमार्णको काम सकिएर सजावटको काम सुरु भएको छ । प्रर्दशनी स्थल बुटवल मण्डपमा स्टल, सचिवालय, मञ्च, मनोरञ्ज नस्थल तथा पेभेलियनहरुको निमार्ण सकिएपछि सजावटको काम सुरु भएको हो ।

प्रदर्शनीको पुष ७ गते विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले दिउसो १ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रर्दशनीको आजैदेखि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । प्रदर्शनी मूलआयोजक समिति रूपन्देही उद्योग संघले प्रदर्शनीको भौतिक निर्माणको काम सकेर सजावटको काम सुरु भएको जानकारी गराएको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलले स्टल दर्ता तथा वितरण गरिएको र तयारी पूरा भएको जानकारी दिए । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा प्रदर्शनी सञ्चालन हुने भएको हो । विगतका प्रदर्शनीभन्दा यस पटकको प्रदर्शनी फरक रहने पौडेलले बताए । ‘यस पटको प्रदर्शनी व्यवस्थापिकय तथा सहभागिताको हिसाबले विशेष महत्व दिएका छौं ।’-उनले भने । प्रदर्शनीमाप्रविधि बारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतिबारे अन्तरक्रिया गर्ने, पर्यटन क्षेत्रको विकासका सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गर्ने जनाइएको छ ।

प्रदर्शनी सुरु हुनु भन्दा अगाडि सम्पन्न गर्नु पर्ने कामका लागि गठन गरिएका उपसमितिहरुको दैनिक बैठकहरु बस्ने, कामको समीक्षा गर्ने तथा बाँकी कामहरु तदारुकताका साथ सक्ने गरि निर्देशन गरिएको संघका कार्यकारी अधिकृत यादव भण्डारीले बताए । प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका ४ सय ५० स्टल रहने छन् । यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकलन गर्ने र २५ करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक-गायिका, हास्य कलाकार, सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, टिकटक टयालेन्ट हन्ट लगायतका प्रतियोगिताहरु रहने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।