ताजा अपडेट »

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आराेपमा युवक पक्राउ

मंगलबार, ०५ पुस २०७९, १२ : ५७
46 Shares

भक्तपुर । भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

सूर्यविनायक नगरपालिका–४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका–६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । 

ती किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा लगेर आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।