ताजा अपडेट »

रुपन्देहीको रुद्रपुरमा महिलालाई ज्यान मार्ने धम्कीसहित बलात्कारपछि फरार पुरुष पक्राउ

सोमबार, ०४ पुस २०७९, १८ : ५६
30 Shares

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा महिलालाई ज्यानमार्ने धम्की दिँदै बलात्कार गरी फरार रहेका पुरुष पक्राउ परेका छन् । ६ वर्षअघि २०७२ वैशाख २० गते महिला घरमा एक्लै रहेको अवस्थामा रातमा गई जे.सी भनिने जिवन चौधरीले बलात्कार गरेको आरोपमा प्रहरीले मुद्दा चलाएको थियो । मुद्दा फैसलासँगै फरार रहेका चौधरीलाई प्रहरीले पुनः पक्राउ गरी कारागार चलान भएको छ ।

चौधरीले रातको समयमा कोठामा लगी कपडाले मुख थुनेर आवाज निकाले वा अन्य कसैलाई भनेमा ज्यानमार्ने धम्की दिँदै बलात्कार गरेको पीडितले बयान दिएका छन् । घटनापछि पक्राउ परेका चौधरीलाई उच्च अदालत बुटवल तुल्सीपुर दाङले २०७३ भाद्र ८ गते फैसला गर्दै ५ बर्ष कैद हुने ठहरेको थियो । चौधरी फैसला मितिदेखि नै हालसम्म देश विदेशमा लुकिछिपी फरार भई बसेका थिए । यही पौष ३ गते ईलाका प्रहरी कार्यालय सालझण्डीले उनलाई पुनः पक्राउ गरेको थियो । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीसहित खटिएको टोलीले पक्राउ गरि जिल्ला अदालत रुपन्देहीमा पेश गरेको हो । अदालतको आदेशले कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।