ताजा अपडेट »

काँग्रेसमा संसदीय दलको उम्मेदवार बन्न ५१ हजार शुल्क, भोलिदेखि निर्वाचन प्रक्रिया

सोमबार, ०४ पुस २०७९, १५ : ५४
26 Shares

बुटवल । कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिँदा ५१ हजार शुल्क तिर्नुपर्ने भएको छ । मंसिर ६ गते बिहान बिहान ८ देखि १० बजेसम्म हुने निर्वाचनका लागि उम्मेदवारले दरखास्तका साथ ५१ हजार रुपैयाँ दाखिल गर्नुपर्ने निर्वाचन समितिले तय गरेको हो । जसअनुसार निर्वाचन प्रक्रिया पुस ४ गतेदेखि सुरु भएर मनोनयन दर्ता पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म दरखास्त दिन सकिनेछ ।

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको दाबी रहेको छ । कांग्रेसको संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बन्दा इतर पक्षबाट साझा उम्मेदवारको बारेमा छलफल जारी रहेको छ । संसदीय दलमा कोइराला र थापा मध्ये एक जनाका नाममा सहमति जुटाउन आज बिहानैदेखि छलफल भइरहेको छ । अहिलेसम्म सहमति भने भइनसकेको उनको छ । छलफलमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायत सहभागी छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।