ताजा अपडेट »

तिलोत्तमा मेलामा पशुपतिले नचाए दर्शक

आइतबार, २५ मंसिर २०७९, १८ : २८
12 Shares

बुटवल । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा दर्शकको घुईंचो बढेको छ । दर्शकहरुको बाक्लो उपस्थितिमा आईतबार लोकप्रिय कलाकार पुशपति शर्माले धेरैलाई छमछमी नचाए । शर्माले आफ्ना चर्चित गीतहरु गाएर दर्शकलाई नचाए । शर्मासँगै गायक गायिकाहरु राजेन्द्र गिरी, संगिता चितौरे, उद्घोषक विकास भट्टराई लगायतले रमाइलो प्रस्तुति दिए । नाइट कन्सर्टमा माइला र्यापरले भरपुर मनोरन्जन दिलाए ।

मेलामा आईतबार ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रुपन्देही सेमलारका केवश कुँवर र प्रसाद गुरुको टिम प्रथम भएको छ । पाल्पाका सुमित घिमिरे र विशाल भण्डारीको टिम दोस्रो भयो । तेस्रो स्थामा रुपन्देहीकै नारायण पौडेल र बिन्जन बस्नेत तथा अल्फा गुरुङ र कमल क्षेत्री टिम रह्यो । प्रथम हुने टिमले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुने टिमले ५÷५ हजार रकमको पुरस्कार प्राप्त गरेको खेल संयोजक विवश थापाले जानकारी दिए । प्रतियोगितामा ३५ टिमले प्रतिस्पर्धा गरेका थिए । मेलामा सोनी डान्स ग्रुपका डान्सरले पनि उत्कृष्ट कला प्रस्तुत गरे । मेलामा तिलोत्तमा डान्स आईडल, मम्मी डान्स लगायतका प्रतियोगिता पनि चलिएरहेका सांस्कृतिक उपसमिति संयोजक युवराज पराजुलीले बताए ।

यसैबीच मेलामा सोमबार लोकप्रिय गायक गायिकाहरु भागिरथ चलाउने, हाँस्य कलाकार पुर्खे बा, रितु कंडेल, बिकास भट्टराई तथा सोनी डान्स ग्रुपको प्रस्तुति रहने आयोजकले जनाएका छन् । नाईट कन्सर्टमा बबिता बानिया (जेरी) को प्रस्तुति रहने छ । तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गतसातादेखि शुरु भएको मेलामा शनिबार दर्शक उपभोक्ताको चाप बढेपछि दर्शक उपभोक्ताकै माग अनुसार मेलाको अवधि दुई दिन थप गरिएको मूल आयोजक समिति संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनको अध्यक्ष प्रेम जीएमले बताए । उनका अनुसार आईतबार पनि उल्लेख्य रुपमा दर्शक उपभोक्ताको सहभागिता रह्यो ।
मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको छन् । मेला २८ मंसिरमा सकिने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।